चिया दिवस मनाइयो, इलाममा अर्थोडक्स चिया नि:शुल्क वितरण | Khabarhub Khabarhub

चिया दिवस मनाइयो, इलाममा अर्थोडक्स चिया नि:शुल्क वितरण


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ आज २५औँ राष्ट्रिय चिया दिवस मनाइएको छ ।

मुलुकको अर्थतन्त्रलाई उठाउनका लागि चियाले भूमिका निर्वाह गर्दै आए पनि यो वर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक रुपमा दिवस मनाउन भने सकिएन ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड नेपालका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पारे पनि अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षति व्यहोर्नु नपरेको उल्लेख छ ।

बन्दाबन्दीका बीच पनि स्वास्थ्यसम्बन्धी सरकारले तय गरेका मापदण्डहरू पालना गरी बोर्डको अग्रसरतामा चिया बगान र उद्योगहरू सञ्चालनमा आइरहे । जसले गर्दा अन्य बालीको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको विज्ञप्तिमा छ ।

गत आवमा २०७६।७७ मा रु दुई अर्ब ७८ करोड बराबरको ११ हजार १८५ मेट्रिकटन निर्यात भएकोमा चालु आवमा २०७७।७८ को ९ महिनाको अवधिमै रु तीन अर्ब ६ करोड बराबरको नौ हजार ५७० मेट्रिकटन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्ले देखाएको छ ।

बोर्डको तथ्याङ्कअनुसार आव २०७५।७६ मा २५ हजार २०५ मेट्रिकटन चिया उत्पादन हुँदा आव २०७६।७७ मा २४ हजार ११८ मेट्रिकटन चिया उत्पादन भएको थियो । उत्पादनमा केही गिरावट आउँदा कोरोना महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि हुनु उपलब्धिको रूपमा लिएको बोर्डले जनाएको छ ।

देशलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी आत्मनिर्भर भएको छ । स्वदेशमा चिया उपभोग गरी बढी भएको उत्पादन भारतलगायतका तेस्रो मुलुकमा निर्यात गर्नुपरेको अवस्था हाल विद्यमान छ । नेपाली चियाको खपत वार्षिक २०० ग्राम प्रति व्यक्तिभन्दा कम रहेको अनुमान गरिन्छ ।

छिमेकी मुलुक भारतमै वार्षिक ३३० ग्राम प्रति व्यक्ति खपत रहेको सन्दर्भमा नेपालमा चिया उपभोग अत्यन्तै न्यून रहेको आँकलन गर्न सकिन्छ । तसर्थ, आन्तरिक खपत वृद्धि गर्न निर्यातका अलावा स्वदेशी बजार विस्तारमा चिया उद्यमी र सरोकारवालाहरू लाग्नुपर्ने देखिन्छ ।

यसैबीच, इलाम नगरपालिका र उद्योग वाणिज्य संघ इलामको सहकार्यमा बुधबारदेखि इलाम पुग्ने पर्यटकलाई सित्तैमा अर्थोडक्स चिया वितरण कार्य थालिएको छ ।

इलाम आउने पर्यटकका साथै इलामबासीलाई पनि बेलुकी साँढे चार बजेबाट सित्तैमा अर्थोडक्स चिया वितरण गरिने छ ।

पहिलो दिननै एक सय ५० जनालाई चिया खुवाइएको थियो । दोस्रो दिन विहीबार पनि अर्थोडक्स चियाको स्वाद लिनेहरुको संख्या निक्कै ठूलो थियो ।

पर्यटक, जेष्ठ नागरिक र सिटीमार्टका सेवाग्राहीका लागि भनिए पनि यहाँ आउने सबैलाई चिया वितरणको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : १५ बजे

मेलम्चीको अवरोध हटाउन कुलमानले गरे हेलम्बुका अध्यक्षसँग वार्ता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र

भक्तपुर क्यान्सर अस्पतालको नयाँ प्रयोगशाला सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले नवनिर्मित प्रयोगशाला सञ्चालनमा ल्याएको छ । 

मधेशमा सात दलको आक्रोश : पुलिसलाई धक्का-मुक्का, कर्मचारीलाई कुटे, गमला फुटाए, राष्ट्रिय झण्डा पनि फ्याँके

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्री

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप

अमेरिकी सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

एजेन्सी– अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा