यसरी बनाउन सकिन्छ स्वादिष्ट चिकेन कोरमा « Khabarhub

यसरी बनाउन सकिन्छ स्वादिष्ट चिकेन कोरमा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

८०० ग्राम चिकेन, २०० ग्राम दही, २५ ग्राम काजुको पेष्ट, २ चम्चा तेल, १ चम्चा अदुवा लसुनको पेष्ट, आधा आधा चम्चा जिरा, धनियाँ, खुर्सानी, बेसारको धुलो, तेजपात, ल्वाङ, सुकुमेल दालचिनी, इलाइची ३/४ टुक्रा, १ चम्चा क्रिम, एक चौथाई चम्चा गरम मसला, एक चौथाई सौफ पाउडर, इच्छानुसार नुन अजिनोमोटो २ चम्चा, भेनेगर अथवा कागतीको रस ।

बनाउने तरिका :

मासुलाई सफा गरेर सानोसानो पिसमा काट्नु, तातो पानीमा नुन भेनेगर राखी १५ मिनेट जति उमाल्नु र राम्रोसँग चिसो पानीले पुनः सफा गरी राख्नु र काजु, दही पनि फिटी राख्नु । तातो तेलमा ल्वाङ, सुकुमेल, दालचिनी, इलाइची, तेजपात, बेसार, जिरा, धनियाँ, खुर्सानी, अदुवा, लसुन आदि राखी १० सेकेण्ड जति फ्राइ गर्नु । अब फिटेको दही, काजु, नुन राखी राम्रोसँग तेल नछोडिन्जेलसम्म चलाउनु । त्यसपछि सफा गरेको मासु राखी सानो आँचमा १०–१५ मिनेट जति छोपेर पकाउनु । पाकेपछि क्रिम राखी खान दिनु ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ७ : ३१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा