गणतन्त्र दिवस समतामूलक समाजका लागि प्रेरणा : सभापति देउवा « Khabarhub

गणतन्त्र दिवस समतामूलक समाजका लागि प्रेरणा : सभापति देउवा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले १४औं गणतन्त्र दिवसको शुभकामना दिएका छन् ।

शनिबार एक विज्ञप्तिमार्फत् देउवाले जनआन्दोलनमा जीवन आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्रले मुलुकलाई लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न सधैँ प्रेरणा दिने बताएका छन् ।

‘कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्दछ र बन्नु पर्दछ,’ देउवाले शुभकामना सन्देशमा भनेका छन्, ‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलताको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौँ ।’

कोरोनाको महामारीले मुलुकले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहँदा पनि जनताको जीवनप्रति सरकार उदासिन र संवेदनहीन देखिएको उनको आरोप छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ९ : ५५ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट