कमेडियन मिश्राले डा. सिंहको चरित्रहत्या गरे : चिकित्सक संघ « Khabarhub

कमेडियन मिश्राले डा. सिंहको चरित्रहत्या गरे : चिकित्सक संघ


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले कमेडियन आदर्श मिश्राले नारायणी अस्प्तालमा कार्यरत डा. निरज सिंहको गाली गलौज तथा चिकित्सकको चरित्रहत्या गरेको जनाएको छ ।

शुक्रबार एक विज्ञप्तिमार्फत संघले डा. सिंहको सामाजिक सञ्जालमार्फत गाली गलौज र सार्वजनिक बेइज्जत गरेकाले सो कार्य गर्ने मिश्रालाई कानूनी दायरामा ल्याई कारबाही गर्न माग गरेको हो ।

संघले महामारीका बेला आफ्नो ज्यान जोखिममा राखी बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मीलाई सार्वजनिक सञ्जालमा चरित्रहत्या नगर्न ध्यानाकर्षण गराएको छ।

यसअघि सातामा दुईपल्ट डायलासिस गर्नुपर्ने बिरामीलाई यो वर्ष नारायणी अस्पतालले डायलासिसको समय घटाएकाले आफ्ना पिता विनोद मिश्राको मृत्यु भएको आरोप आदर्शले लगाएका थिए। उनको पिताको मंगलबार निधन भएको हो।

चिकित्सक संघले भने आदर्शका पिता जेठ १० गते डायलाइसिस गरी सकुशल घर गएको र रातमा ज्वरो आई उपचारको क्रममा जेठ १२ गते मृत्यु भएको जनाएको छ । साथै संघले उनको नाम जोडी गलत सूचना र खबर सम्प्रेषण नगर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : ४० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु