विवेकशील साझाका पूर्वअध्यक्ष थापाको सबै उपचार खर्च बीएण्डसीले व्यहोर्ने « Khabarhub

विवेकशील साझाका पूर्वअध्यक्ष थापाको सबै उपचार खर्च बीएण्डसीले व्यहोर्ने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेको छ।

मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा आर्थिक सहयोग आह्वान भएपछि बीएण्डसीले एक विज्ञप्ति जारी गर्दै सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेको हो।

‘नेपालमा गणतन्त्र स्थापनामा लाग्नुभएका एक असल सामाजिक अभियन्ता उपचारमा रहनुभएको र उहाँको उपचारमा सहयोग संकलनको आह्वान भएको समाचार आएकाले हामीले सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेका हौँ,’ बिएण्डसीका अध्यक्ष दुर्गा प्रसाईंले विज्ञप्तिमा भनेका छन्, ‘यो हाम्रो सामाजिक उत्तरदायित्व हो र उपचार खर्चको अभावमा कुनै पनि नेपालीले अकालमा मर्नु नपरोस् भन्ने हाम्रो मूल मान्यता हो।’

थापा मेडिसिटीको सघन उपचार कक्ष भेन्टिलेटरमा उपचाररत् छन्। उनको उपचार खर्च जुटाउन आर्थिक सहयोग आह्वान गरिएको थियो।

अस्पतालले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ११ : ५७ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि