देशको नेतृत्व गणतन्त्र विरोधीको हातमा पुग्यो, गणतन्त्रप्रति नै अनास्था जगाउने काम भयो : डा. भट्टराई « Khabarhub

देशको नेतृत्व गणतन्त्र विरोधीको हातमा पुग्यो, गणतन्त्रप्रति नै अनास्था जगाउने काम भयो : डा. भट्टराई


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देशको नेतृत्व गणतन्त्र विरोधीको हातमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्न सबैलाई आह्वान गरे । गणतन्त्र दिवसको अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भट्टराईले जनताको बलिदानी र संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई रक्षा गर्नुपर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘गणतन्त्रबिरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भैरहेको छ त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौँ !’

भट्टराईले गणतन्त्रप्रति अनास्था जगाउने विरोधीहरुलाई पराजित गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्नका लागि आह्वान गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : ०५ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण