देशको नेतृत्व गणतन्त्र विरोधीको हातमा पुग्यो, गणतन्त्रप्रति नै अनास्था जगाउने काम भयो : डा. भट्टराई « Khabarhub

देशको नेतृत्व गणतन्त्र विरोधीको हातमा पुग्यो, गणतन्त्रप्रति नै अनास्था जगाउने काम भयो : डा. भट्टराई


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देशको नेतृत्व गणतन्त्र विरोधीको हातमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्न सबैलाई आह्वान गरे । गणतन्त्र दिवसको अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भट्टराईले जनताको बलिदानी र संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई रक्षा गर्नुपर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘गणतन्त्रबिरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भैरहेको छ त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौँ !’

भट्टराईले गणतन्त्रप्रति अनास्था जगाउने विरोधीहरुलाई पराजित गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्नका लागि आह्वान गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना