फाइजरको खोप : १२ देखि १५ वर्षका बालबालिकालाई लगाउन इयुले गर्‍यो स्वीकृत « Khabarhub

फाइजरको खोप : १२ देखि १५ वर्षका बालबालिकालाई लगाउन इयुले गर्‍यो स्वीकृत


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपियन युनियनको औषधि नियामक निकाय इएमएले कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीका लागि स्वीकृत गरेको छ ।

अब इयुका सदस्य राष्ट्रहरुले आफ्नो देशमा के गर्ने भन्ने निर्णय गर्न सक्ने छन् । जर्मनीले बिहीबार नै सो खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीका लागि स्वीकृत गरेको थियो ।

यो महिनाको शुरुमा अमेरिका र क्यानडाले फाइजर खोप बालबालिका तथा किशोरकिशोरीका लागि स्वीकृत गरेका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोपमा खोप अभियान तीव्र पारिनु पर्ने बताएका बेला इयुले शुक्रबार पछिल्लो निर्णय गरेको हो ।

इएमएका खोप रणनीति प्रमुख मार्को कावालेरीका अनुसार कम्तीमा तीन हप्ताको अन्तरालमा १२–१५ वर्षका बालबालिका किशोरकिशोरीले खोपको दुई मात्रा लगाउनु पर्ने बताएका छन् ।

अनुसन्धानको क्रममा फाइजरको खोप बालबालिका तथा किशोरकिशोरीमा निकै प्रभावकारी देखिएको पनि उनले बताए । इयुले यसअघि नै फाइजर खोप १६ र सो भन्दा माथिको उमेर समूहका लागि स्वीकृत गरेको थियो ।

खोप उत्पादकले गएको मार्चमै परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीमा पनि खोप सुरक्षित तथा प्रभावकारी रहेको बताएको थियो ।

मोदेर्ना तथा जोन्सन एण्ड जोन्सनले पनि आआफ्ना खोप १२ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीमा सुरक्षित तथा प्रभावकारी रहे/नरहेको थाहा पाउन परीक्षण गरिरहेका छन् । मोदेर्नाको अध्ययनको नतिजा चाँडै आउने सम्भावना छ ।

फाइजर र मोदेर्नाले खोपको प्रभावकारिता ६ महिनादेखि ११ वर्षसम्मका बालबालिकामा कस्तो छ भनेर हेर्न पनि परीक्षण गरिरहेका छन् ।

११ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप सन् २०२२ को शुरुमा तयार हुने दुवै कम्पनीले बताएका छन्।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : ३४ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण