फाइजरको खोप : १२ देखि १५ वर्षका बालबालिकालाई लगाउन इयुले गर्‍यो स्वीकृत « Khabarhub

फाइजरको खोप : १२ देखि १५ वर्षका बालबालिकालाई लगाउन इयुले गर्‍यो स्वीकृत


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपियन युनियनको औषधि नियामक निकाय इएमएले कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीका लागि स्वीकृत गरेको छ ।

अब इयुका सदस्य राष्ट्रहरुले आफ्नो देशमा के गर्ने भन्ने निर्णय गर्न सक्ने छन् । जर्मनीले बिहीबार नै सो खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीका लागि स्वीकृत गरेको थियो ।

यो महिनाको शुरुमा अमेरिका र क्यानडाले फाइजर खोप बालबालिका तथा किशोरकिशोरीका लागि स्वीकृत गरेका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोपमा खोप अभियान तीव्र पारिनु पर्ने बताएका बेला इयुले शुक्रबार पछिल्लो निर्णय गरेको हो ।

इएमएका खोप रणनीति प्रमुख मार्को कावालेरीका अनुसार कम्तीमा तीन हप्ताको अन्तरालमा १२–१५ वर्षका बालबालिका किशोरकिशोरीले खोपको दुई मात्रा लगाउनु पर्ने बताएका छन् ।

अनुसन्धानको क्रममा फाइजरको खोप बालबालिका तथा किशोरकिशोरीमा निकै प्रभावकारी देखिएको पनि उनले बताए । इयुले यसअघि नै फाइजर खोप १६ र सो भन्दा माथिको उमेर समूहका लागि स्वीकृत गरेको थियो ।

खोप उत्पादकले गएको मार्चमै परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीमा पनि खोप सुरक्षित तथा प्रभावकारी रहेको बताएको थियो ।

मोदेर्ना तथा जोन्सन एण्ड जोन्सनले पनि आआफ्ना खोप १२ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीमा सुरक्षित तथा प्रभावकारी रहे/नरहेको थाहा पाउन परीक्षण गरिरहेका छन् । मोदेर्नाको अध्ययनको नतिजा चाँडै आउने सम्भावना छ ।

फाइजर र मोदेर्नाले खोपको प्रभावकारिता ६ महिनादेखि ११ वर्षसम्मका बालबालिकामा कस्तो छ भनेर हेर्न पनि परीक्षण गरिरहेका छन् ।

११ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप सन् २०२२ को शुरुमा तयार हुने दुवै कम्पनीले बताएका छन्।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : ३४ बजे

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र