महामारीमा युवा : खाटदेखि घाटसम्म | Khabarhub Khabarhub

महामारीमा युवा : खाटदेखि घाटसम्म


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– देश कोरोना महामारीले अक्रान्त छ । बजार बन्द छ, उद्योग ठप्प छ । श्रमिकले काम पाएका छैन्, गरिबले खाना ।

यस्तै महामारीबाट बच्न प्रदेश २ का युवाले उदाहरणीय काम गरिरहेका छन् । दोस्रो भेरिएन्टसहितको कोरोना भाइरसबाट बिरामीलाई जोगाउन र गरिबलाई भोकमरीबाट बचाउन युवाहरु अहोरात्र खटिरहेका छन् ।

बिरामी परेर घरमै बसेका संक्रमितलाई जोगाउन अथक प्रयास गर्नेदेखि संक्रमितको निधन भइहाले अन्तिम संस्कार गर्नेसम्मका काममा यहाँका युवाहरू सक्रिय रुपमा लागेका हुन् ।

कोही श्वास फेर्न कठिनाइ भोगिरहेका संक्रमितलाई अत्यावश्यक अक्सिजनको व्यवस्थापनमा जुटेका छन्, भने कोही स्वास्थ्य तथा सुरक्षा सामग्री वितरण एवं व्यवस्थापनमा जुटेका छन् । कोही भोकालाई खाना खुवाउने सत्कर्ममा व्यस्त देखिन्छन् ।

कसैले अति विपन्न परिवारका लागि राहतको वितरण गरेका छन् भने कोही शव व्यवस्थापन एवं दाहसंस्कार गरिरहेका छन् । महामारीविरुद्ध जनकपुरधामका युवाले विभिन्न समूह बनाएर यसरी नै समाजसेवामा लागेको देखिन्छ ।

परिवार डराए, युवाले शाहस देखाए

२ जेठ ०७८ मा जनकपुरधाम उपमहानगरपालिका देवी चोकका २४ वर्षीय युवा संक्रमित भएर सिकिस्त भए । शौचालय जाँदा कमजोरीका कारण बेहोस भए । श्वास लिन कठिनाइ हुन थाल्यो । परिवारले अस्पताल पुर्‍याउने आट गरेनन् । कोरोना सर्ने डरले स्याहार गर्न पनि परिवारजनले अस्वीकार गरे । छिमेकीले खबर थाह पाएपछि राकेशविक्रम साह नेतृत्वको टोलीलाई सम्पर्क गरे । ती युवाहरुले शाहस देखाए । ज्यानको पर्वाह नगरी उनीहरुले एम्बुलेन्स बोलाएर संक्रमितलाई अस्पताल पुर्‍याए ।

‘एम्बुलेन्समा चढ्न सक्ने उनमा क्षमता थिएनन् । उनी हिँड्ने अवस्थामा नदेखेपछि हामीले हातले नछोएर तन्नामा बेरेर दोस्रो तल्लाबाट तल ल्याई एम्बुलेन्समा राख्यौँ,’ राकेशले भने, ‘मनमा डर थियो । समाज र परिवार हामीसँग घुलमिल हुँदैनन् । तर, हामीले पहिले ती युवकको ज्यान जोगाउने काम गर्‍यौँ ।’

प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका उनी अहिले निको भएर फर्किसकेका छन् ।

शव व्यवस्थापनमा आफैँ 

७ जेठमा प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड अस्पतालमा जनकपुरधाम उपमहानगरपालिका २४ बसहियाका ५५ वर्षीय पुरुषको मृत्यु भयो। उनमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो। कोरोनासँग लक्षण मिले पनि स्वाब परीक्षण गरिएको थिएन। मृत्युपछि परिवारमा शोक छायो।

संक्रमण पुष्टी नभएको बिरामीलाई आँफै शवको व्यवस्थापन गर्नु पर्ने सरकारको प्रावधान छ । मृतकको शव व्यवस्थापनमा कसैले बहाना बनाए, धेरै डराए । सरकारी निकायले पनि संक्रमण पुष्टि नभएकाले आफैं व्यवस्थापन गर्न जवाफ दियो ।

केही दिनअघि मात्रै जनकपुरका युवाले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको मृत्युपछि शव व्यवस्थापन गरेको सूचना परिवारले पाए।

खोज्दै जाँदा जनकपुरको जानकी चोकमा सुशील कर्णलगायतका युवा भेट्टाए। युवा समूहले शव व्यवस्थापन गर्न सहजै स्वीकार गर्‍यो। सुशीलसँगै कन्हैया दास, किसन मण्डल, मनीष सिंह र अक्षय अधिकारी मृतकका छोरासँगै प्रादेशिक अस्पताल पुगे। अस्पताल परिसरमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालयबाट पीपीईसहितका सुरक्षा सामग्री मागे।

शव बाहनमा मृतकलाई राखेर जनकपुरस्थित स्वर्गद्वारी पुर्‍याएर अन्तिम संस्कार गरिदिए। शव व्यवस्थापन गर्दा नेपाली सेनाले जस्तै स्यालुट हाने।

कर्णको अगुवाइमा यसअघि समेत कोरोना परीक्षण नभएको तर मिल्दोजुल्दो लक्षण भएका व्यक्तिको मृत्युपछि शव व्यवस्थापन गरिएको थियो।

क्वारेन्टिनमा बास

शव व्यवस्थापनमा खटिने यी युवा क्वारेन्टिनमा बस्ने गरेका छन् । घर परिवार तथा समाजमा संक्रमण फैलिन नदिन क्वारेन्टिनमा बस्ने गरेका हुन् ।

संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड अपनाउनुका साथै खानपिनमा समेत ध्यान दिने गरेको कर्णले बताए । ‘काम सकिएपछि एक साता होम क्वारेन्टिनमा बस्छौं। लक्षण नदेखिएपछि मात्र घुलमिल हुन्छौं,’ उनले भने, ‘विपद्का बेला झनै मानवीय सहायता आवश्यक पर्छ । यही सोचले मानवता देखाएका छौं ।’

भोकालाई खाना

भोकालाई खाना खुवाउने अभियानमा पनि युवा जुटेका छन् । एक महिना पहिले १५ सदस्य महामारी नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरेका स्थानीय युवाले सोही समूहलाई सक्रिय बनाइ विभिन्न सेवामुलक काम गरिरहेका छन् ।

त्यो समितिले एक महिनादेखि विभिन्न अस्पतालमा कोरोनाका बिरामी र तिनका कुरुवालाई खाना उपलब्ध गराउन खटिएका छन् । कयुम राईन नेतृत्वको समितिले स्वास्थ्य सामग्रीदेखि खाना उपलब्ध गराउन भ्यानभयाई छ अहिले ।

‘कहिले कतै खाना उपलब्ध गराउन त कहिले कतै मास्क र स्यानिटाइजर उपलब्ध गराउन दौडिराखेका हुन्छौं’, कयुमले भने, ‘हामी आफ्नो तर्फबाट सानो भए पनि सहयोग सबैलाई गरौं भनेर लागेका छौं ।’

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १ : २८ बजे

अफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु, तीन घाइते

काबुल – अफगानिस्तानको बडाख्शान प्रान्तको जेबाक जिल्लामा शुक्रबार बिहान बारुद

गण्डकीमा कर्मचारी व्यवस्थापनमा मनोमानी, गुनासो आए मुख्यमन्त्रीको सचिवालयलाई देखाउँदै पन्छिँदै

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १२ गते

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा