सार्वजनिक संस्थानमा २८ हजार रोजगारी « Khabarhub

सार्वजनिक संस्थानमा २८ हजार रोजगारी


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक संस्थानअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा प्रत्यक्ष रूपमा २८ हजार ३६४ जना रोजगारीमा आबद्ध छन् । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संस्थानमा १३ हजार ४०४ र सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानमा एक हजार २७९ रहेको छ ।

औद्योगिक क्षेत्रका संस्थानमा कर्मचारीको सङ्ख्या आव २०७५/७६ मा दुई हजार १५६ रहेकामा आव २०७६/७७ मा कमी आई एक हजार ९५९ पुगेको मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको स्थितिमा उल्लेख छ । सार्वजनिक संस्थानले प्रदान गरेको रोजगारी अघिल्लो आव २०७५/७६ को तुलनामा एक दशमलव ३० प्रतिशतले कमी आएको छ ।

आव २०७६/७७ मा सार्वजनिक संस्थानको प्रत्यक्ष रोजगारीले नेपालको कूल रोजगारी ७० लाख ८६ हजारको शून्य दशमलव चार प्रतिशत हिस्सा ओगटेको छ । सार्वजनिक संस्थानको उत्पादन तथा बिक्री वितरण गर्ने वस्तु तथा सेवाका कारण अप्रत्यक्ष रूपमा ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न मद्दत पुर्‍याएको अर्थ मन्त्रालयले जनाएको छ ।

विसं २०७७ असार मसान्तमा कायम रहेका ४४ संस्थानमध्ये नेपाल सरकारको अधिकांश स्वामित्व भएका ३३ संस्थान कम्पनी ऐन, सात संस्थान विशेष ऐन, दुई सञ्चार संस्थान ऐन, एक सहकारी ऐन र एक संस्थान ऐनबमोजिम स्थापना भएका छन् ।

त्यस्तै हाल अस्तित्वमा रहेका संस्थानमध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत १४, अर्थ मन्त्रालयअन्तर्गत नौ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पाँच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत तीन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत तीन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तीन, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत दुई, वन तथा वातावरण मन्त्रालयअन्तर्गत दुई, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत एक/एक संस्थान रहेका छन् ।

अस्तित्वमा रहेकामध्ये २४ संस्थान नाफा आर्जन गर्न सफल भएका, दुई संस्थानको कारोबार शून्य रहेको र १८ संस्थानले घाटा व्यहोरेको मन्त्रालयको तथ्याङ्क छ । त्यस्तै ४४ संस्थानमध्ये नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका २३, अधिकांश स्वामित्व (नेपाल सरकार र नेपाल सरकारको स्वामित्व रहेका अन्य निकायहरूको ५० प्रतिशतभन्दा बढी स्वामित्व) मा रहेका २१ रहेका छन् । सामाजिक क्षेत्रमा रहेका सबै संस्थानमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ ।

आव २०७६/७७ को संशोधित कूल गार्हस्थ्य उत्पादन रु ३९ खर्ब १४ अर्ब ७० करोडमा सार्वजनिक संस्थानको कूल सञ्चालन आयको अनुपात १० दशमलव ९५ प्रतिशत रहेको छ । आव २०७६/७७ मा नेपाल सरकारको सञ्चितकोषमा सार्वजनिक संस्थानले कूल रु १९ अर्ब ३६ करोड ८८ लाख आयकर दाखिला गरेको मन्त्रालयले जनाएको छ । आव २०७६/७७ मा संस्थानको कूल आय गत वर्षको तुलनामा छ दशमलव ९१ प्रतिशतले घट्न गई रु चार अर्ब ६० करोड ३८ लाख रहन गएको छ । रासस

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  २ : ३५ बजे

औसत मिति रट्यो : अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल