मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने « Khabarhub

मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरि नगरपालिकाले मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । अक्सिजन प्लान्ट जडान गर्नका लागि नगरपालिकाले सम्झौतासमेत गरिसकेको छ ।

अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न थालिएको नगर स्वास्थ्य संयोजक सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार करीब ७४ लाख लागतमा अक्सिजन प्लान्ट जडान गर्न थालिएको हो ।

वडा नं ८ का अध्यक्षसमेत रहेका स्वास्थ्य संयोजक खड्काले अक्सिजन प्लान्ट जडान गरिसकेपछि नगरभित्रका सङ्क्रमितको उपचारमा सहज हुने बताए । अबको एक महिनामा जडान गरिसक्ने अक्सिजन प्लान्टबाट दैनिक ४० सिलिण्डर भरिनेछ । अक्सिजन जडानका लागि अहिले काम भइरहेको छ ।

नगरपालिकाको आन्तरिक स्रोत र दाताको आर्थिक सहयोगमा यो अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो । अहिलेसम्म दाताबाट नगद रु १५ लाख ७७ हजार ४४३ सङ्कलन भइसकेको छ ।

नगरपालिकाले यही जेठ १ गतेदेखि अस्पतालमा सङ्क्रमितको उपचारका लागि ३० श्ययाको आइसोलेशन बनाएको छ । चन्द्रागिरिमा अहिलेसम्म चार हजार १८६ सङ्क्रमित, तीन हजार ४८७ निको र ५४ को निधन भइसकेको छ । अस्पतालको आइसोलेशनमा २५ र होम आइसोलेशनमा ६२९ रहेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ३ : १६ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्