एकैदिन ६ हजार ८० जना संक्रमणमुक्त, ४ हजार ४८७ संक्रमित थपिए | Khabarhub Khabarhub

एकैदिन ६ हजार ८० जना संक्रमणमुक्त, ४ हजार ४८७ संक्रमित थपिए


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १४ हजार ६ जनाको पीसीआर परीक्षणमा ४ हजार ३११ र ७४६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७६ जना गरी कुल ४ हजार ४८७ जना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको कुल संख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको कुल संख्या सात हजार १६३ पुगेको छ ।

सोही अवधिमा ६ हजार ८० जना संक्रमित निको भएका छन् । संक्रमणमुक्त हुनेको कुल संख्या चार लाख ३४ हजार ७५० पुगेको छ । निको हुने दर ७८.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ४ : ४० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र