एकैदिन ६ हजार ८० जना संक्रमणमुक्त, ४ हजार ४८७ संक्रमित थपिए « Khabarhub

एकैदिन ६ हजार ८० जना संक्रमणमुक्त, ४ हजार ४८७ संक्रमित थपिए


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १४ हजार ६ जनाको पीसीआर परीक्षणमा ४ हजार ३११ र ७४६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७६ जना गरी कुल ४ हजार ४८७ जना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको कुल संख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको कुल संख्या सात हजार १६३ पुगेको छ ।

सोही अवधिमा ६ हजार ८० जना संक्रमित निको भएका छन् । संक्रमणमुक्त हुनेको कुल संख्या चार लाख ३४ हजार ७५० पुगेको छ । निको हुने दर ७८.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ४ : ४० बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्