काठमाडौँ– सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट छुट्याएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो बताएका हुन् ।
चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारमको मूर्ति प्रतिस्थापन गरिसकिएको छ । रामनवमीको अवसरमा राम–सीताको मूर्ति रथयात्रासहित त्यसतर्फ लगिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए ।
गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया