खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड बजेट विनियोजन « Khabarhub

खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड बजेट विनियोजन


१५ जेष्ठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा बजेट वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट बढाएको हो । चालू आर्थिक वर्षमै मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

अर्थमन्त्री पौडेलले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरिएको जानकारी दिए । अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको बजेटमा समूदाय स्तरबाटै खेलकुदलाई प्रोत्साहन गर्न, पूर्वाधार निर्माण र प्रतिभावान खेलाडीको पहिचान गर्न सरकारले बजेट विनियोजन गरेको जानकारी दिए ।
यसैगरी, झापामा मदन भण्डारी रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने मूलपानी, लमही लगायतका क्रिकेट रंगशालाका लागि पनि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए । यसैगरी पोखरा रंगशाला निर्माण कार्य पूरा हुने पनि उल्लेख गरिएको छ भने रिटायर्ड खेलाडीहरूलाई सहुलियतमा ऋण उपलब्ध गराउने विषय पनि बजेटमा परेको छ ।

यसैगरी हाई अल्टिच्यूड स्पोर्टस सेन्टर निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने खेल पर्यटनमार्फत आर्थिक विकासको लक्ष्य पनि लिइएको छ ।

यसैगरी गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट छुट्याइएको छ । यसैगरी पदक आउने खेलमा अन्तर्राष्ट्रिय सहभागीतामा विशेष ध्यान दिइने पनि बजेटमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ५३ बजे

गौरीघाटमा राष्ट्रपतिले गरे छठ पूजा

काठमाडौं– छठ पर्वको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट

पोखराविरुद्ध टस जितेको काठमाडौंले पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी- गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण

वैभवीलाई थाइल्यान्डमा दुई पदक

काठमाडौँ- तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय

कर्णालीसँग चितवन पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली