विभिन्न स्थानमा सुरुङमार्ग बनाउन बजेट विनियोजन « Khabarhub

विभिन्न स्थानमा सुरुङमार्ग बनाउन बजेट विनियोजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विभिन्न स्थानमा सुरुङमार्ग निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री नागढुंगा शुरु भएपछि देश सुरुङमार्गमा प्रवेश गरेको दाबी गरे ।

यातायात मन्त्रालयका लागि १ खर्ब ६३ अर्ब ३७ करोड विनियोजन गरेको सरकारले सुरुङ मार्गलाई बजेटमा महत्वका साथ समावेश गरिएको बताए ।

बजेटमा नागढुंगा सुरुङ मार्गका लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको छ । त्यसबाहेक पाल्पाको सिद्धबाबा, दोलखाको लामाबगर, धरान धनकुटा सडकको धरान–लेउती खण्डको काम शुरु हुनेछ ।

काठमाडौंको तिनकुने–जडिबुटी खण्डको सुरुङका लागि १ अर्ब ८० करोड विनियोजन गरिएको छ । त्यस्तै टोखा छहरे, थानकोट–चित्लाङ, मझिमटार–शक्तिखोर, दुम्किबास–बर्दघाट र पाल्पाको प्रभास–जोर्ते सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै आगामी वर्ष जयनगर कुर्ता रेलमार्ग शुरु गर्ने, काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गर्ने, रक्सौल–काठमाडौं र केरुङ–काठमाडौं रेल यातायातको अध्ययन शुरु गर्ने लगाएतका कामका लागि १० अर्ब ३ करोड विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ६ : ०१ बजे

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद