बजेट कार्यान्वयनमा चुनौती – अर्थविद « Khabarhub

बजेट कार्यान्वयनमा चुनौती – अर्थविद

'बजेट चुनाव लक्षित, सबैलाई खुसी पार्ने खालको'



काठमाडौँ– अर्थविद्हरुले सरकारले जारी गरकेो बजेट कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गरेका छन् ।

अध्यादेशबाट पुर्ण बजेट आएको भन्दै अर्थविद डा चन्द्रमणि अधिकारीले भने, ‘समग्रमा बजेट कस्तो भयो भने अहिलेको सरकारले ल्याएको हैन कि जस्तो देखियो । निर्वाचनपछिको पहिलो सरकारले ल्याएको होकि जस्तो देखियो । कुनै संकट छैन जस्तो ।’

कोरोना महामारी नियन्त्रण गर्न केही सकारात्मक विषय बजेटमा आएको उनले बताए । उनले भने, ‘खोपको विषयलाई प्राथमिकता, स्वास्थ्यमा ८ प्रतिशत बढेको, उपकरण, अक्सिजनमा कर छुटको, भन्सार दर छुटको विषय सकारात्मक छ ।’

अध्यादेशबाट आएको बजेटमासमेत दीर्घकालिन योजना समावेश गरिएको, कोरोना महामारी कायमै रहेको र निर्वाचनको मितिसमेत तोकिएको अबस्थामा बजेट कार्यान्वयनमा समस्या हुने उनको तर्क छ ।

उनले भने, ‘अध्यादेशबाट आएको बजेट दीर्घकालिन योजना समेटिएको छ । निर्वाचन भएपनि नभएपनि कार्यान्वयन गर्न समस्या छ । जोखिममा पर्ने भयो । कार्यान्वयन हुँदा साढे ६ प्रतिशतको वृद्धिदर हुन्छ । तर, कार्यान्वयनमा समस्या छ । निर्वाचन र कोभिडका कारण कार्यान्वयनमा चुनौती छ ।’

राजश्व संकलन पनि लक्ष्यअनुसार हुन नसकेको अबस्थामा ऋणको मात्रा समेत बढाइएकाले कार्यान्वयनमा चुनौती रहेको उनले बताए । उनले भने, ‘ऋणको मात्रा बढाइएको छ । राजश्व घटेको छ । अझ बढ्न जाने र अर्थ संरचना जोखिममा पर्ने देखेको छु ।’

राष्ट्र बैकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारले ल्याएको बजेट चुनाव लक्षित भएको टिप्पणी गरे । उनले भने,‘बजेट सुनेँ, बजेट प्रधानमन्त्रीजीले चुनाव गर्छु भन्नुभएको छ । त्यसका लागि सबैलाई चित्त बुझाउने गरी ल्याउनुभयो । ज्येष्ठ नागरिकलाई ५ हजार दिन्छु भन्नुभएको थियो त्यसमा अलि कन्जुस्याई गर्नुभयो । पूँजिगत खर्चमा साढे १ प्रतिशत कम छ । अहिले सार्वजनिक बजेटले विकास गर्ने होइन, गफ चुट्ने मात्रै काम गर्छ ।’

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ७ : ०७ बजे

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष  महालेखा परीक्षकको कार्यालयको

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

सिड्नी- अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको राष्ट्रिय तथ्याङ्क

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसभित्रै विद्रोह, बहुमत सांसद विपक्षमा 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता

राष्ट्रिय सभामा पनि विपक्षीको अवरोध, मागियो प्रधानमन्त्रीको जवाफ

काठमाडौं– राष्ट्रियसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सीमा सम्बन्धी

नेपाली सेना : संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

काठमाडौं– नेपाली सेना संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको प्रतिबद्धतालाई