बजेट कार्यान्वयनमा चुनौती – अर्थविद « Khabarhub

बजेट कार्यान्वयनमा चुनौती – अर्थविद

'बजेट चुनाव लक्षित, सबैलाई खुसी पार्ने खालको'



काठमाडौँ– अर्थविद्हरुले सरकारले जारी गरकेो बजेट कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गरेका छन् ।

अध्यादेशबाट पुर्ण बजेट आएको भन्दै अर्थविद डा चन्द्रमणि अधिकारीले भने, ‘समग्रमा बजेट कस्तो भयो भने अहिलेको सरकारले ल्याएको हैन कि जस्तो देखियो । निर्वाचनपछिको पहिलो सरकारले ल्याएको होकि जस्तो देखियो । कुनै संकट छैन जस्तो ।’

कोरोना महामारी नियन्त्रण गर्न केही सकारात्मक विषय बजेटमा आएको उनले बताए । उनले भने, ‘खोपको विषयलाई प्राथमिकता, स्वास्थ्यमा ८ प्रतिशत बढेको, उपकरण, अक्सिजनमा कर छुटको, भन्सार दर छुटको विषय सकारात्मक छ ।’

अध्यादेशबाट आएको बजेटमासमेत दीर्घकालिन योजना समावेश गरिएको, कोरोना महामारी कायमै रहेको र निर्वाचनको मितिसमेत तोकिएको अबस्थामा बजेट कार्यान्वयनमा समस्या हुने उनको तर्क छ ।

उनले भने, ‘अध्यादेशबाट आएको बजेट दीर्घकालिन योजना समेटिएको छ । निर्वाचन भएपनि नभएपनि कार्यान्वयन गर्न समस्या छ । जोखिममा पर्ने भयो । कार्यान्वयन हुँदा साढे ६ प्रतिशतको वृद्धिदर हुन्छ । तर, कार्यान्वयनमा समस्या छ । निर्वाचन र कोभिडका कारण कार्यान्वयनमा चुनौती छ ।’

राजश्व संकलन पनि लक्ष्यअनुसार हुन नसकेको अबस्थामा ऋणको मात्रा समेत बढाइएकाले कार्यान्वयनमा चुनौती रहेको उनले बताए । उनले भने, ‘ऋणको मात्रा बढाइएको छ । राजश्व घटेको छ । अझ बढ्न जाने र अर्थ संरचना जोखिममा पर्ने देखेको छु ।’

राष्ट्र बैकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारले ल्याएको बजेट चुनाव लक्षित भएको टिप्पणी गरे । उनले भने,‘बजेट सुनेँ, बजेट प्रधानमन्त्रीजीले चुनाव गर्छु भन्नुभएको छ । त्यसका लागि सबैलाई चित्त बुझाउने गरी ल्याउनुभयो । ज्येष्ठ नागरिकलाई ५ हजार दिन्छु भन्नुभएको थियो त्यसमा अलि कन्जुस्याई गर्नुभयो । पूँजिगत खर्चमा साढे १ प्रतिशत कम छ । अहिले सार्वजनिक बजेटले विकास गर्ने होइन, गफ चुट्ने मात्रै काम गर्छ ।’

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ७ : ०७ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको