सेयर बजारमा ४७ अंकको गिरावट « Khabarhub

सेयर बजारमा ४७ अंकको गिरावट


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सूचक ४७.४९ अंकले घटेसँगै बजारमा कारोबार रकम पनि एक अर्बले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार र सोमबार बढेको बजार मंगलबार १.६५ प्रतिशत अर्थात ४७.४९ अंकले घटेर २८२८ बिन्दुमा आइपुगेको छ ।

आज कुल २ सय २३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर ७५ हजार ८ सय ८० पटक खरीद बिक्री हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रूपैयाँको कारोबार भएको छ ।

सोमबार ७ अर्ब ७२ करोडको शेयर कारोबार भएको थियो । सोमवारको तुलनामा आज कारोबार रकम १ अर्बले घटेको हो। आज कारोबारमा आएका कूल १३ वटा उपसमूहमध्ये लघुवित्त बाहेक १२ वटै इन्डेक्स् घटेको छ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ४ : २४ बजे

भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले