चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ « Khabarhub

चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली काजगातका साथै नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी काठमााडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताब लगायतका कागजातहरु तयारी गरी कारोवार हुने गरेको विशेष सूचनाको आधारमा प्रहरीले दुई वटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको थियो ।

उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ‘ब्लु बुक’ बनाउनेलाई पनि पक्राउ गर्न सफल भएको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिए ।

पक्राउ पर्नेमा लमजुङ घर भइ सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चागुँनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा मोरङ घर भइ शान्तिनगर बस्ने रेवतीरमण निरौला रहेका छन् ।

पक्राउ गरेका निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, होलोग्राम, लाइसेन्स, राहदानी लगायतका सामाग्री बरामद गरिएको खापुङले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको खापुङले बताए ।

यस्तै प्रहरीले ईटाली पठाईदिन्दु भनी तीन जनासँग रु ३१ लाख ५० हजार रकम लिएर अजरवैजानसम्म पुराई बिचल्ली बनाउने एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ गर्नेमा उदयपुर घर भइ बुढानीकण्ठ बस्ने उमेश रेग्मी रहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ५५ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १