संघीयता भत्काउन ओली, थापा र मिश्रको भाका मिलिसक्यो : संग्रौला « Khabarhub

संघीयता भत्काउन ओली, थापा र मिश्रको भाका मिलिसक्यो : संग्रौला


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लेखक खगेन्द्र संग्रौलाले संघीयता र धर्मनिरपेक्षता उल्ट्याउन केपी ओली, कमल थापा र रवीन्द्र मिश्रको ‘भाका’ मिलेको दाबी गरेका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने, गणतन्त्र र धर्मनिरपेक्षताका सम्बन्धमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि संग्रौलाले उनको यो प्रस्ताव एक्लै अघि बढेकोमा समेत आशंका गरेका छन् ।

मिश्रको त्यो प्रस्तावले ओली र कमल थापाहरु खुसी भएको भन्दै संग्रौलाले उनीहरु मिलिजुली संघीयता र धर्मनिरपेक्षता उल्ट्याउने उद्योगमा लागेको आरोप लगाएका छन् ।

‘रवीन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने उद्योग एक्लै  शुरू गर्‍या होलान् र ? कुरो सुनेर राजभक्त कमल थापा दङ्ग छन् । प्रवक्ता महेश बस्नेतले केपी ओलीको लाइन यही हो भन्ने संकेत गरिसके,’ बिहीबार बिहान संग्रौलाले ट्वीट गर्दै भनेका छन्, ‘उस्तैउस्ता सँगै जाऔँ, मिलिजुली भत्काइदिऔँमा यी तीन वीर पुरूषको भाका मिलिसक्यो त!,’

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ७ : ५० बजे

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३