चिनियाँ विदेशमन्त्री वाङ र तालिबान नेता घानीबीच भेटवार्ता « Khabarhub

चिनियाँ विदेशमन्त्री वाङ र तालिबान नेता घानीबीच भेटवार्ता


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबान नेता मुल्लाह अब्दुल घानीसहितको टोलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेको छ।

चीन पुगेको घानी नेतृत्वको टोलीले विदेशमन्त्री वाङसँग बुधबार चीनको उत्तरपूर्वी शहर तियान्जिनमा भेटेको हो ।

भेटका क्रममा विदेश मन्त्री यीले अफगानिस्तानको पुनर्संरचना र मेलमिलापमा तालिबानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेको सिन्ह्वाले जनाएको छ ।

चीनको राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष खतरामा पार्न सक्ने इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टलाई नसघाउन पनि उनले तालिबानलाई आग्रह गरेका छन् । जवाफमा तालिबान नेताहरूले चीनलाई खतरा हुने कुनै कामका लागि अफगानिस्तानको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।

अमेरिकी र नाटो सैनिक अफगानिस्तानबाट फर्किएलगत्तै तालिबानले  चीनसँग सम्बन्ध बढाउन खोज्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ११ : २५ बजे

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका