चिनियाँ विदेशमन्त्री वाङ र तालिबान नेता घानीबीच भेटवार्ता « Khabarhub

चिनियाँ विदेशमन्त्री वाङ र तालिबान नेता घानीबीच भेटवार्ता


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबान नेता मुल्लाह अब्दुल घानीसहितको टोलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेको छ।

चीन पुगेको घानी नेतृत्वको टोलीले विदेशमन्त्री वाङसँग बुधबार चीनको उत्तरपूर्वी शहर तियान्जिनमा भेटेको हो ।

भेटका क्रममा विदेश मन्त्री यीले अफगानिस्तानको पुनर्संरचना र मेलमिलापमा तालिबानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेको सिन्ह्वाले जनाएको छ ।

चीनको राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष खतरामा पार्न सक्ने इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टलाई नसघाउन पनि उनले तालिबानलाई आग्रह गरेका छन् । जवाफमा तालिबान नेताहरूले चीनलाई खतरा हुने कुनै कामका लागि अफगानिस्तानको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।

अमेरिकी र नाटो सैनिक अफगानिस्तानबाट फर्किएलगत्तै तालिबानले  चीनसँग सम्बन्ध बढाउन खोज्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ११ : २५ बजे

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस