शिल्पा शेट्टीसँग टाढियाे बलिउड « Khabarhub

शिल्पा शेट्टीसँग टाढियाे बलिउड


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– पोर्न फिल्मको निर्माण र केही एपमार्फत प्रसारण गरेको मामलामा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्रा यही कारण अझ संकटमा फस्दै गएका छन् । प्रहरीले उनीविरुद्धको एक–एक प्रमाण दिनानुदिन फेला पार्दै आएको छ ।

यसको ठूलो असर अहिले अभिनेत्री शिल्पालाई नै परेको छ । शिल्पा समस्यामा पर्दा उनलाई मानसिक रुपमा कोही बलिउडकर्मी सहयोग गर्न अगाडि आएका छैनन् । शिल्पा पछिल्लो ३० वर्षदेखि बलिउडको हिस्सा छिन् र उनलाई बलिउडका धेरैले एक असल साथीका रुपमा मान्छन् ।

शिल्पा निकट स्रोतका अनुसार उनका साथी भनिएका बलिउडकर्मीहरु अहिले उनीबाट टाढिएका छन् । बलिउडका कुन कुन व्यक्तिहरुसँग उनको राम्रो सम्बन्ध छ भन्ने कुरा उनको सामाजिक सञ्जाल हेर्दा पनि थाहा हुन्छ । अहिले कसैले पनि उनको अवस्था जान्ने, बुझ्ने र उनका सन्तानका बारेमा चिन्ता व्यक्त गरेका छैनन् ।

‘यो पोर्नोग्राफी अथवा अश्लील कन्टेन्टको मुद्धा निकै तल्लोस्तरको विषय हो । यो कुनै नियमित विवाद जस्तो पनि हैन । त्यहीकारण कोही पनि यो मुद्धामा फस्न चाहँदैन’, एक फिल्मकर्मीले भनेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  १२ : ३५ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज