सञ्जय र माधुरीको यस्तो वियोगान्त प्रेम « Khabarhub

सञ्जय र माधुरीको यस्तो वियोगान्त प्रेम


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– अभिनेता सञ्जय दत्त बलिउडका एक यस्ता अभिनेता हुन्, जसले उद्योगको शिखरलाई छोए र कम उमेरमै जेलको कालकोठरी पनि देख्न पाए । बलिउडमा सायदै त सञ्जयको जस्तो उतारचढावपूर्ण जिन्दगी कमै कलाकारको छ ।

कैयौं युवतीसँगको अफेयरदेखि लिएर लागुऔषधको लत, त्यसपछि टाडा मुद्धामा जेल, सञ्जयसँग जोडिएका यी घटना सबैले देखेकै कुरा हुन् ।

सञ्जय आफ्नो डेब्यू फिल्म ‘रोकी’बाट बलिउडमा छाए । उनको अभिनेत्री माधुरी दीक्षितसँगको अफेयरले पनि खुबै चर्चा पायो । दुवैले ‘साजन’, ‘खलनायक’, ‘थानेदार’, ‘कानून अपना अपना’जस्ता कैयौं हिट फिल्ममा सहकार्य गरे ।

फिल्म ‘साजन’पछि सञ्जय र माधुरी नजिकिएका थिए । त्यसपछि उनीहरुको प्रेम र विवाहसम्मको कुरा चल्न थाल्यो । तर दुवैले यो विषयमा कहिल्यै मुख खोलेनन् । एकपटक भने सञ्जयले आफूले बलिउडका कोही अभिनेत्रीसँग विवाह गर्दा त्यो माधुरी नै हुने बताएका थिए ।

सञ्जय र माधुरी हृदयदेखि नै एकअर्कालाई चाहन्थे । तर सन् १९९३ मा मुम्बई बमकाण्डका कारण सञ्जय जेल जानुपर्यो । यो घटनापछि माधुरी सञ्जयबाट टाढिन थालिन् । सञ्जयले प्रहरीको अनुमतिमा माधुरीलाई फोन गरे पनि माधुरीको आमाले ‘माधुरीले सञ्जयसँग कहिल्यै कुरा नगर्ने’ जवाफ सुनाइन् । सञ्जय आफू जेलमा रहँदा माधुरीसँग भेट्न चाहन्थे । तर माधुरी कहिल्यै पनि जेल गाइनन् । यतिसम्मकी जेलबाहिर आउदा पनि माधुरीले सञ्जयलाई भेट्न चाहिनन् ।

सञ्जयको बायोपिक फिल्म ‘सञ्जू’मा पनि माधुरी र सञ्जयको दृश्य देखाइएको थियो । तर माधुरीको आग्रह अनुसार नै त्यो दृश्य हटाइएको थियो । उनीहरु २६ वर्ष पछि फिल्म ‘कलंक’मा सँगै देखिएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ३ : ०० बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा