प्रत्युषाको परिवार आर्थिक संकटमा « Khabarhub

प्रत्युषाको परिवार आर्थिक संकटमा


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– भारतीय चर्चित रियालिटी शो ‘बालिका बधू’ चाँडै नै दोस्रो सिजनका साथ टेलिभिजनमा फर्कदैछ । बाल विवाहमा आधारित यो शोलाई दर्शकले निकै मनपराएका थिए ।

आनन्दीदेखि लिएर जगिया र दादीसासम्म हरेक भूमिकालाई दर्शकले खुबै रुचाएका थिए । यो शो हेरिरहँदा आनन्दीको भूमिकामा दिवंगत अभिनेत्री प्रत्युषा बनर्जीलाई कसैलाई बिर्सन सक्दैनन् । ‘बालिका वधु’मा अविका गौरले सानी आनन्दी र त्यसपछि प्रत्युषाले ठूलो आनन्दीको भूमिका निभाएका थिए ।

सन् २०१६ अप्रिल १ मा प्रत्युषाको मृत्युको खबर सार्वजनिक हुनासाथ सबैमाझ शोक छाएको थियो । उनको मृत्युलाई आत्महत्या भनिएपनि उनको परिवारले यो कुरालाई स्वीकारेनन् । उनको मृत्युको साढे पाँच वर्ष पुग्दा पनि यो रहस्य अझै सुल्झिन सकेको छैन ।

प्रत्युषाको निधन पछि उनको परिवारले सबै सम्पत्ति गुमाएको छ । अहिले प्रत्युषाको आमाबाबु चरम आर्थिक संकटमा छन् । प्रत्युषाका पिता शंकरले छोरीको मृत्युपछि आफूहरुको जीवनमा ठूलो ‘तुफान’ आएको बताएका छन् । उनीहरुले छोरीको न्यायका लागि मुद्धा लडेरै सबै सम्पत्ति गुमाएका छन् ।

शंकरका अनुसार परिवारको सहारा प्रत्युषा मात्र थिइन् । उनीहरु अहिले एउटा कोठामा सीमित भएका छन् । उनीहरुमाथि ऋण पनि उत्तिकै छ । प्रत्युषाकी आमा एक चाइल्ड केयर सेन्टरमा काम गर्छिन् ।

प्रत्युषाको शव सन् २०१६ अप्रिल १ मा मुम्बईस्थित अपार्टमेन्टमा भेटिएको थियो । पोस्टमार्टम रिपोर्टले उनले आत्महत्या गरेको जनाएको थियो । प्रत्युषाको परिवारले उनको प्रेमी राहुल राज सिंहलाई आत्महत्याका लागि उक्साएको आरोप लगाएका थिए । उनीहरुले अदालतमा उजुरी दिए पनि बम्बई उच्च अदालतले राहुललाई अग्रिम जमानतमा रिहा भए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ३ : ३७ बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका