प्रत्युषाको परिवार आर्थिक संकटमा « Khabarhub

प्रत्युषाको परिवार आर्थिक संकटमा


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– भारतीय चर्चित रियालिटी शो ‘बालिका बधू’ चाँडै नै दोस्रो सिजनका साथ टेलिभिजनमा फर्कदैछ । बाल विवाहमा आधारित यो शोलाई दर्शकले निकै मनपराएका थिए ।

आनन्दीदेखि लिएर जगिया र दादीसासम्म हरेक भूमिकालाई दर्शकले खुबै रुचाएका थिए । यो शो हेरिरहँदा आनन्दीको भूमिकामा दिवंगत अभिनेत्री प्रत्युषा बनर्जीलाई कसैलाई बिर्सन सक्दैनन् । ‘बालिका वधु’मा अविका गौरले सानी आनन्दी र त्यसपछि प्रत्युषाले ठूलो आनन्दीको भूमिका निभाएका थिए ।

सन् २०१६ अप्रिल १ मा प्रत्युषाको मृत्युको खबर सार्वजनिक हुनासाथ सबैमाझ शोक छाएको थियो । उनको मृत्युलाई आत्महत्या भनिएपनि उनको परिवारले यो कुरालाई स्वीकारेनन् । उनको मृत्युको साढे पाँच वर्ष पुग्दा पनि यो रहस्य अझै सुल्झिन सकेको छैन ।

प्रत्युषाको निधन पछि उनको परिवारले सबै सम्पत्ति गुमाएको छ । अहिले प्रत्युषाको आमाबाबु चरम आर्थिक संकटमा छन् । प्रत्युषाका पिता शंकरले छोरीको मृत्युपछि आफूहरुको जीवनमा ठूलो ‘तुफान’ आएको बताएका छन् । उनीहरुले छोरीको न्यायका लागि मुद्धा लडेरै सबै सम्पत्ति गुमाएका छन् ।

शंकरका अनुसार परिवारको सहारा प्रत्युषा मात्र थिइन् । उनीहरु अहिले एउटा कोठामा सीमित भएका छन् । उनीहरुमाथि ऋण पनि उत्तिकै छ । प्रत्युषाकी आमा एक चाइल्ड केयर सेन्टरमा काम गर्छिन् ।

प्रत्युषाको शव सन् २०१६ अप्रिल १ मा मुम्बईस्थित अपार्टमेन्टमा भेटिएको थियो । पोस्टमार्टम रिपोर्टले उनले आत्महत्या गरेको जनाएको थियो । प्रत्युषाको परिवारले उनको प्रेमी राहुल राज सिंहलाई आत्महत्याका लागि उक्साएको आरोप लगाएका थिए । उनीहरुले अदालतमा उजुरी दिए पनि बम्बई उच्च अदालतले राहुललाई अग्रिम जमानतमा रिहा भए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ३ : ३७ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी बाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा