अझै पाएनन् उखु किसानले भुक्तानी, फेरि आन्दोलन गर्ने चेतावनी « Khabarhub

अझै पाएनन् उखु किसानले भुक्तानी, फेरि आन्दोलन गर्ने चेतावनी


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित गर्ने चेतावनी दिएका छन् ।

आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति, सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ, उखु किसान संघर्ष समिति, सर्लाही र किसानहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै विगत तीन/चार वर्षअघिदेखि कै भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

सरकारबाट आश्वासन पाए पनि भुक्तानी नसकेका कारण यसकारण फेरि आन्दोलन गर्न बाध्य भएर आन्दोलनको तयारी गर्नुपरेको उनीहरुले बताएका छन् ।

किसानका अनुसार इन्दिरा सुगर मिल, लुम्बिनी चिनी कारखाना, अन्नपूर्ण चिनी मिल, महालक्ष्मीबाट भुक्तानी हुन बाँकी छ । त्यस्तै श्रीराम सुगर मिलबाट पाउनुपर्ने तीन करोड सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइए पनि जिल्लाका किसानले अहिलेसम्म पनि नपाएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले जानकारी दिए ।

मिलले सरकारले तोकेको उखुको समर्थन मूल्यसमेत नदिएर ठग्ने गरेको किसानको गुनासो छ । उहाले किसानहरुलाई निमुखा र कम्जोर सम्झेर फेरि पनि रकम नदिने षडयन्त्र उद्योगी र सरकारबाट भइरहेको आरोप लगाए ।

भदौ ५ गतेसम्म पनि किसानहरुको सम्पूर्ण भुक्तानी नभए सशक्त आन्दोलन गर्ने उनको भनाइ छ ।

उखु किसान विसं २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । विसं २०७७ पुसमा किसानले दोस्रोपटक काठमाडौँमा आन्दोलन गरेका थिए ।

आन्दोलनकै दबाबले सुगर मिलले केही रकम मात्रै भुक्तानी गरेको थियो । सरकारले चिनी उद्योगीको शेयर र जग्गा लालपुर्जा रोक्का गर्ने तथा २१ दिनभित्र भुक्तानी नगरे कडा कारवाही गर्ने प्रतिबद्धता जनाएपछि किसानले आन्दोलन स्थगन गरेका थिए ।

१६ दिनको आन्दोलनपछि सरकार र उखु किसान सङ्घर्ष समितिबीच चार बुँदे सहमति भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ४ : १० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी