झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँचको मृत्यु « Khabarhub

झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँचको मृत्यु


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।

मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट धेरै मृत्यु हुनेमा बिर्तामोडका छन् । त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा सङ्क्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईँले बताउनुभयो । झापामा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २१ हजार ६२० पुगेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ५ : ०२ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन