झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँचको मृत्यु | Khabarhub Khabarhub

झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँचको मृत्यु


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।

मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट धेरै मृत्यु हुनेमा बिर्तामोडका छन् । त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा सङ्क्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईँले बताउनुभयो । झापामा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २१ हजार ६२० पुगेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ५ : ०२ बजे

इन्डोनेसियामा बाढी : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

एजेन्सी – इन्डोनेसियाको सुमात्रा टापुका चार प्रान्तमा बाढी र पहिरोको

अनुदानमा सञ्चार सामग्री खरिद गर्न आवेदन माग

काठमाडौं – प्रेस काउन्सिल नेपालले अनुदानमा सञ्चार सामग्री खरिद गर्न

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार

अब नेपालको प्राथमिकता आर्थिक कूटनीति : परराष्ट्रमन्त्री राणा

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी

एसएसएफमा आबद्धता बढाउन सरकारले विशेष योजना ल्याओस्‌ : एनआरएनए अध्यक्ष केसी

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री