योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले लिए शपथ « Khabarhub

योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले लिए शपथ


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि आयोगले सक्रियता देखाउने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आज सपथ ग्रहण गरेपछि पत्रकारसँग छोटो प्रतिक्रिया दिँदै आयोगका उपाध्यक्ष पौडेलले कोभिड नियन्त्रणका साथै प्राकृतिक प्रकोपका विपद्जन्य घटनामा आयोगले ध्यान दिने बताए ।

उनले आयोगको गुणस्तर अभिवृद्धिमा अन्तर मन्त्रालयको समन्वय र योजनाको प्रभावकारी कार्यान्वयनमा लागिपर्ने बताए ।

सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री देउवाले पौडेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । त्यसपछि उपाध्यक्ष पौडेलले आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई सपथ ग्रहण गराए ।

गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेल तथा सदस्यमा फुयाँल र गुरुङलाई नियुक्त गरेको थियो । सपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र गुरूङले पनि आजै पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ८ : २२ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै