छानविन समितिको प्रतिवेदन देउवालाई, क्रियाशील सदस्यता विवाद कांग्रेसले पाँच दिनभित्र टुंग्याउने | Khabarhub Khabarhub

छानविन समितिको प्रतिवेदन देउवालाई, क्रियाशील सदस्यता विवाद कांग्रेसले पाँच दिनभित्र टुंग्याउने


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता  छानविन समितीले केही जिल्लाको विवाद यथावत राखेर पार्टी सभापति शेर बहादुर देउवालाइ प्रतिवेदन बुझाएको छ ।

बिहीबार देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले विभिन्न ६ जिल्लाको विवाद यथावत राखेर प्रतिवेदन बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवाद सल्ट्याएर प्रतिवेदन बुझाउन बिहीबारसम्मको समय प्रदान गरिएकोमा समितिले केही त्रुटि सच्चाएर प्रतिवेदन बुझाएको हो ।

सप्तरी, बारा, धनुषा, सर्लाही–२, सिन्धुपाल्चोक र रसुवाबारे विवाद कायमै रहेको नेताहरुले जनाएका छन् ।

छानविन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पार्टीमा बुझाइएको र अव विवादका विषयहरु नेताहरुकै तहबाट छलफल गरेर समाधान गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

उनले ५ दिन भित्र विवाद समाधान गर्ने प्रतिवद्धता नेताहरुले जनाएको बताए । लेखकले तोकिएको समयमा नै महाधिवेशन गर्नका लागि पार्टी गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे ।

त्यस्तै कांग्रेस नेता प्रदीप पौडेलले ४ प्रतिशत बाँकी काम रहेको र यसले महाधिवेशन प्रभावित नहुने बताए । अब निर्वाचन समितिले काम छिटो गरेमा तोकिएको समयमै महाधिवेशन हुने उनले बताए ।

अरु पार्टीबाट समायोजनामा आएका र केही जिल्ला तथा निर्वाचन क्षेत्रमा देखिएका समस्या समाधान गर्न बाँकी रहेको नेताहरुले बताएका छन् । क्रियाशील सदस्यता विवादकै कारण कांग्रेसको तल्लो तहको अधिवेशन नै प्रभावित भएको छ । जसका कारण तोकिएको समयमा महाधिवेशन हुनेमा आंशका पैदा भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ७ : ०१ बजे

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ