छानविन समितिको प्रतिवेदन देउवालाई, क्रियाशील सदस्यता विवाद कांग्रेसले पाँच दिनभित्र टुंग्याउने « Khabarhub

छानविन समितिको प्रतिवेदन देउवालाई, क्रियाशील सदस्यता विवाद कांग्रेसले पाँच दिनभित्र टुंग्याउने


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता  छानविन समितीले केही जिल्लाको विवाद यथावत राखेर पार्टी सभापति शेर बहादुर देउवालाइ प्रतिवेदन बुझाएको छ ।

बिहीबार देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले विभिन्न ६ जिल्लाको विवाद यथावत राखेर प्रतिवेदन बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवाद सल्ट्याएर प्रतिवेदन बुझाउन बिहीबारसम्मको समय प्रदान गरिएकोमा समितिले केही त्रुटि सच्चाएर प्रतिवेदन बुझाएको हो ।

सप्तरी, बारा, धनुषा, सर्लाही–२, सिन्धुपाल्चोक र रसुवाबारे विवाद कायमै रहेको नेताहरुले जनाएका छन् ।

छानविन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पार्टीमा बुझाइएको र अव विवादका विषयहरु नेताहरुकै तहबाट छलफल गरेर समाधान गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

उनले ५ दिन भित्र विवाद समाधान गर्ने प्रतिवद्धता नेताहरुले जनाएको बताए । लेखकले तोकिएको समयमा नै महाधिवेशन गर्नका लागि पार्टी गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे ।

त्यस्तै कांग्रेस नेता प्रदीप पौडेलले ४ प्रतिशत बाँकी काम रहेको र यसले महाधिवेशन प्रभावित नहुने बताए । अब निर्वाचन समितिले काम छिटो गरेमा तोकिएको समयमै महाधिवेशन हुने उनले बताए ।

अरु पार्टीबाट समायोजनामा आएका र केही जिल्ला तथा निर्वाचन क्षेत्रमा देखिएका समस्या समाधान गर्न बाँकी रहेको नेताहरुले बताएका छन् । क्रियाशील सदस्यता विवादकै कारण कांग्रेसको तल्लो तहको अधिवेशन नै प्रभावित भएको छ । जसका कारण तोकिएको समयमा महाधिवेशन हुनेमा आंशका पैदा भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ७ : ०१ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी