इराकस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण | Khabarhub Khabarhub

इराकस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बग्दाद- बग्दादको ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावास नजिकै बिहीबार बिहान रकेट आक्रमण भएको छ । रकेट प्रहारबाट दूतावासमा कुनै  क्षति नपुगेको एक इराकी सुरक्षा अधिकारीले बताएका छन् ।

इराकी प्रधानमन्त्री मुस्तफा अल खादिमीले सोमबार ह्वाइट हाउसको वार्तापछि वाशिङटनबाट स्वदेश फर्किनसक्दै इराकमा उक्त आक्रमण भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकलाई इराकबाट फिर्ता बोलाउने घोषणा गरिसकेका छन् ।

उनले अमेरिकाको सेनाले थोरै सङ्ख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन् ।

इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराएका हुन् । इराकमा हाल दुई हजार ५०० भन्दाबढी अमेरिकी सैनिक रहेका छन् ।

इराकमा अमेरिकी नागरिक संघसंस्थालक्षित आक्रमणहरु लगभग दैनिक रूपमा हुने गरेका स्थानीय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट समूहको उपस्थिति बढ्दै गएको बताइएको छ । हाल इराकमा रहेका अमेरिकी सैनिकले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूकाविरुद्ध लड्न सहयोग गरिरहेका छन् । -रासस/सिन्ह्वा

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ९ : १४ बजे

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद