खाद्य विभागद्वारा मापदण्ड पूरा नगर्ने ९७ वटा उद्योगमा सिलबन्दी « Khabarhub

खाद्य विभागद्वारा मापदण्ड पूरा नगर्ने ९७ वटा उद्योगमा सिलबन्दी


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष ०७७/०७८ मा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनका क्रममा मापदण्ड पूरा नगर्ने ९७ वटा उद्योगमा सिलबन्दी गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा विभाग तथा मातहतका कार्यालयहरुबाट भएको निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिका बमोजिम उत्पादन नगर्ने विभिन्न ९७ वटा उद्योगमा सिलबन्दी गरेको विभागले जनाएको हो ।

विभागकाअनुसार प्रशोधित पिउने पानी, दुध तथा दुग्ध पदार्थ, खाद्यान्नदलहन, फलफुल जन्य खाद्य पदार्थलगायतका ९७ वटा उद्योग एवं खाद्य व्यवसायहरुलाई उत्पादन रोक्का एवं सिलबन्दी गरिएको हो ।

विभागले बिहीवार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्षभरी संकलित नुमनामध्य खाद्यन्न/दलहनजन्य ७ सय ४७, तेल तथा घ्यूजन्यका ३ सय ८२, फल तथा सागपातजन्य पदार्थका २९९ वटा, दाना पदार्थका २७४ वटा, मसलाका २६६ वटा नमुना संकलन गरीएको जानकारी दिएको छ ।

त्यस्तै चिया कफिका १२४ वटा, दुध तथा दुग्ध पदार्थका २०६ वटा, प्रशोधित पिउने पानीका १६५, कन्फेक्सनरिका ९० वटा नमुनाहरूको विश्लेषण परिक्षण भएकोमा २१९ वटा (७.७%) नमूनाहरुको परिक्षण प्रतिवेदन प्रतिकूल पाईएको विभागले जनाएको छ ।

सोमध्ये खाद्यान्नका ३६ नमूनाहरु, दानाका ३३ नमुनाहरु, तेल तथा घ्यु जन्य ३० नमूनाहरु, प्रशोधित पिउने पानीका २७ नमुनाहरु लगायतका अन्य खाद्य पदार्थका नमुनाहरू प्रतिकूल रहेका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको विभागले जनाएको छ । जसअनुसार कसूरमा जम्मा सय थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको थियो । दायर गरिएका सय थान मुद्दा मध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका १६ प्रतिशत रहेको छ ।

त्यस्तै बेकिरी तथा बिस्कुटका १३ प्रतिशत, तेल तथा घ्युका ११ प्रतिशत, दानाका ९ प्रतिशत, तयारी चाउचाउ ७ प्रतिशत, मसलाका ७ प्रतिशत, दालमोठ भुजिया ५ प्रतिशत, दलहन ४प्रतिशत लगायत मिठाई, दुध दहि, काजु किसमिस, चामल, बियर, मसला, खुर्सानीको धूलो जस्ता विभिन्न खाद्य पदार्थका रहेका थिए ।

त्यस्तै, विभाग तथा मातहतका कार्यालयहरुबाट खाद्य स्वच्छता सर्भिलेन्सका अन्तर्गत २ हजार ७७५ वटा नमुनाहरू संकलन गरिएको थियो ।
आर्थिक वर्ष २०७७÷७८ माखाद्य र दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटलअनुगमन तथा उजूरी उपर तत्काल सम्बोधन टोलीमार्फत कारबाही लगायत जम्मा ६ हजार १८९ पटक निरीक्षण अनुगमन गरिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ७ : ३७ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको