हरिबोधिनी एकादशी : पशुपतिस्थित बागमती नदीमा टाँगियो फूलसहितको तोरण (तस्बिरहरू)  « Khabarhub

हरिबोधिनी एकादशी : पशुपतिस्थित बागमती नदीमा टाँगियो फूलसहितको तोरण (तस्बिरहरू) 


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजाअर्चना गर्दै यो पर्व मनाइन्छ ।

आजको दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ। त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ ।

एकादशीको दुई दिनदेखि चोखो बसेकाहरु एकादशीको अघिल्लो दिन जग्गे बनाएर लिङ्गो गाड्ने र त्यही दिन बेलुका सत्यनारायणको पूजा  महादीप लगायत एकादशीको दिन डोरीमा, बेल, पीपल, सयपत्रीलगायत विभिन्न फूलहरू उनेर त्यसैलाई डोलीमा हाली ल्याएर नदी तार्ने परम्परा छ ।

आजको दिन यसो गर्नाले पुण्यप्राप्ति हुने जनविश्वास रहेको छ । यसरी फूलको डोली नदी तार्दा पाप नष्ट हुने र मृत्युपश्चात वैतरणी तर्ने जनविश्वास समेत रहेको छ । एकादशीका अवसरमा पशुपतिस्थित बागमती नदीमा फुल तार्नेको भीड छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ११ : ३७ बजे

बाढीका बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहसंस्कार

काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

काठमाडौं– नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन