टोकियो ओलम्पिक : पौडीमा अस्वाभाविक सफलताले चीनको अग्रता « Khabarhub

टोकियो ओलम्पिक : पौडीमा अस्वाभाविक सफलताले चीनको अग्रता


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियाले नयाँ विश्व कीर्तिमानसहित स्वर्ण पदक हात पार्ने अपेक्षा गरेको पौडीको ४ गुणा २ सय मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमानसहित स्वर्ण हात पारेर सफल सुरुवात गरेको चीनले टोकियो ओलम्पिकमा बिहीबारको खेलको समाप्तिमा अग्रता लिएको छ ।

बिहीबारको खेलको समाप्तिमा चीन १५ स्वर्ण पदकसहित शीर्ष स्थानमा रहेको छ भने १५ स्वर्ण नै भएको जापान दोस्रो स्थानमा छ । अमेरिका १४ स्वर्ण पदकसहित तेस्रो स्थानमा छ ।

बिहीबार टुङ्गो लागेका पौडीका पाँच स्वर्ण पदक मध्य दुई वटा चीनले जित्यो । महिला २०० मिटर बटरफ्लाइमा चीनकी झाङ युफ्लेईले स्वर्ण पदक जितिन् । सो स्पर्धामा अमेरिकाकी रेगन स्मिथले रजत र अमेरिकाकै हेली फल्किन्गरले कास्य पदक जिते । उनीसहित चीनको टोलीले रिलेमा पनि विश्व कीर्तिमानसहित स्वर्ण पदक जित्यो ।

अस्ट्रेलियाको नाममा रहेको पुरानो विश्व कीर्तिमानको समयभन्दा कम समयमा रेस पूरा गरेको अमेरिकी टोली दोस्रो भयो । उपाधिको प्रबल दाबेदारको रूपमा प्रतियोगितामा सहभागी अस्ट्रेलिया कास्य पदकमा सीमित भयो ।

पौडीको ८ सय मिटर फ्री स्टाइलमा अमेरिकाका रोबर्ट फिन्केले स्वर्ण पदक जिते । यसैगरी, इटालीका जर्जियो पालटेनेग्रीले रजत र युक्रेनका मिखायल रोमाञ्चुकले कास्य पदक जिते ।

पुरुष १०० मिटर फ्री स्टाइलमा अमेरिकाका केलेब ड्रेसेलले स्वर्ण, अस्ट्रेलियाका केल चाल्मर्सले रजत र रुसका क्लेमेन्ट कलेसेलोभले कांस्य पदक जिते ।

पुरुष २०० मिटर ब्रेस्ट स्ट्रोकमा अस्ट्रेलियाका स्टुबेट्ली कुकले स्वर्ण पदक जिते । सो स्पर्धामा नेदरल्यान्ड्सका अर्नो कामिङ्गाले रजत तथा फिनल्यान्डका म्याटी फ्याटसनले कास्य पदक जिते ।

रोइङको पुरुष पेयर फाइनलमा क्रोएसियाले स्वर्ण, रोमानियाले रजत तथा डेनमार्कले कास्य पदक जिते । यसैको महिला स्पर्धामा न्युजिल्यान्डले स्वर्ण, रुस ओलम्पिक कमिटीले रजत तथा क्यानडाले कास्य पदक जिते ।

लाइटवेट पुरुष डबल्समा आयरल्यान्डले स्वर्ण, जर्मनीले रजत तथा इटालीले कास्य पदक जिते । यसैको महिला स्पर्धामा इटालीले स्वर्ण, फ्रान्सले रजत रनेदरल्यान्डले कास्य पदक जिते ।

महिला क्यानोइको फाइनलमा अस्ट्रेलियाकी जेसिका फक्सले स्वर्ण, बेलायतकी मेलोरी फ्रान्कलिनले रजत तथा जर्मनीका आन्द्रे हार्जोगले कास्य पदक पाए ।

सुटिङको महिला ट्रायपमा स्लोभाकियाकी जुजाना रेहाकले स्वर्ण, अमेरिकाकी काउली ब्रोनिङले रजत र सान मोरिनाको अलेजान्द्रा पेरेलीले कास्य पदक जिते ।

पुरुष ट्रयापमा चेक गणतन्त्रका जिरी लिपटकले स्वर्ण, डेभिड कोट्सेल्सकीले रजत र बेलायतकी होली कोवार्डले कास्य पदक पाए ।

जुडोको दुवै स्पर्धामा घरेलु टोली जापानले सफलता पायो । महिला ७८ किलो तौल समूहमा जापानकी सोरी हमादाले स्वर्ण पदक जितिन् । फ्रान्सकी मृडेलीन मालोग्नाले स्वर्ण पदक जितिन् । यसैगरी, जर्मनीकी अन्ना मारिया र ब्राजिलकी मायरा अगुइराले कास्य पदक जिते ।

पुरुष १०० किलोमा जापानका आरोप उल्फले स्वर्ण पदक जिते । यसैगरी, कोरियाका गो घुचुमले रजत पदक जिते । पोर्चुगलका जर्ज फोनेस्का र रुस ओलम्पिक कमिटीका नइज लियास्लोभले कास्य पदक जिते ।

सिमोन वाइल्सको अनुपस्थितिमा अमेरिकाले जिम्न्यास्टिकको महिला अलराउन्डको स्वर्ण पदक जोगाएको छ । सो स्पर्धामा ब्राजिलकी आन्द्रेडड रेबेकाले फ्लोरको रुटिनको अन्त्यमा शरीर नियन्त्रण बाहिर गएपछि अमेरिकी सुनी लीले स्वर्ण पदक जितेकी हुन् ।

यसअघि छनोटमा चरणमा फ्लोरमा १४ स्कोर गर्दै लीलाई शून्य दशलमब ६ ले पछि पारेकी रेबेका यस गल्तीसँगै फ्लोरमा सुनी लीभन्दा पछि परेकी थिइन् । ओलम्पिक कमिटी अफ रुसकी एन्गेलिना मोलेन्कोभाले तेस्रो स्थान पाइन् ।

यसअघि महिलाको टिम स्पर्धाको स्वर्ण अमेरिकाले वाइल्सको अस्वस्थतासँगै गुमाइसकेको छ । केही दिन जिम्न्यास्टिकको खेल हुनेछैन । यसबीचमा वाइल्स ठिक भए अमेरिकाको सङ्कटमोचन हुनेछ ।

टेबल टेनिसको महिला एकलमा चिनियाँ खेलाडीले स्वर्ण र रजत पदक जिते । पुरुष एकलमा पनि दुई चिनियाँ खेलाडी फाइनलमा प्रवेश गरेका छन् ।

फेन्सिङको महिला फोइलको टिम स्पर्धामा रुस ओलम्पिक कमिटीले स्वर्ण, फ्रान्सले रजत तथा इटालीले कास्य पदक पाए ।

यस ओलम्पिकमा एकपछि अर्को अस्वाभाविक घटना भइरहेको समयमा पोल्टभोल्टका विश्व च्याम्पियन अमेरिकाका साम केन्डरिक कोरोना सङ्क्रमणका कारण प्रतियोगिता गुमाउन पुगेका छन् ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ९ : २७ बजे

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले

आजदेखि झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु

भद्रपुर– औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि जिल्ला सदरमुकाम

नेतान्याहु ट्रम्पको शान्ति बोर्डमा सहभागी

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

वालिङ– दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी