अझै दुईदिन वर्षा हुने,बाढीपहिरो र डुबानको जोखिम उच्च « Khabarhub

अझै दुईदिन वर्षा हुने,बाढीपहिरो र डुबानको जोखिम उच्च


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ मनसुनी वायुको प्रभावले अझै दुई दिनसम्म देशका अधिकांश भू-भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही  अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मनसुन सक्रिय भएसँगै बिहीबारदेखि जारी वर्षा कम्तीमा सोमबारसम्म कायमै रहने मौसमविद् प्रतीभा मानन्धरले जानकारी दिइन् ।

तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने मानन्धरको भनाइ छ ।

दुई दिनयता यो वर्षकै धेरै वर्षा मापन गरिएको मौसमविद्ले जनाएका छन् ।  सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ ।त्यहाँको वर्षा मापन केन्द्रमा ४३४.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यस्तै रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ ।  ती क्षेत्रमा डुबानको पनि समस्या देखिएको छ ।

आज दिउँसो पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी सम्भावना रहेको महाशाखाले जनाएको छ ।

निरन्तर वर्षा भइरहने भएकाले तटीय क्षेत्रमा बाढी तथा डुबानको खतरा रहेको एवं पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै सबै प्रदेशका थोरै- थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

भाद्र १३ गते (आइतबार)

दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, कर्णाली  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १४ गते ( सोमबार)

दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १५ गते ( मंगलबार)

दिउँसो: देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ७ : ११ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका