काबुल विमानस्थलमा फेरि हमला हुन सक्ने अमेरिकाको चेतावनी « Khabarhub

काबुल विमानस्थलमा फेरि हमला हुन सक्ने अमेरिकाको चेतावनी


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंककारी हमला हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबारसम्ममा काबुलमा फेरि अर्को आक्रमण हुनसक्ने जानकारी आएको बताएका हुन् ।

बाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको छ । बाइडेन ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनाले निर्देशन दिएको  पनि बताएका छन् ।

लगत्तै अमेरिकाको स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ ।

गत बिहीबार काबुल विमानस्थलमा नै भएको आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो ।

आक्रमणको जवाफमा अमेरिकाले इस्लामिक स्टेट–के (आइएस–के) लाई लक्षित गरि गरेको ड्रोन आक्रमणमा हमलाको योजनाकारसहित दुई जना मारिएको जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ८ : ४१ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ