बनेपाको कन्या पूजा स्थगित « Khabarhub

बनेपाको कन्या पूजा स्थगित


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- यस वर्ष पनि बनेपामा कन्यालाई नपुजिने भएको छ ।

एक सय १९ वर्षदेखि हुँदै सो पूजामा रजस्वला नभएका कन्यालाई पुज्दै आइएको थियो । कोरोना भाइरसको जोखिमका कारण यसवर्ष पनि कन्या पूजा रोकिएको सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ ।

समितिले गत वर्ष पनि कन्या पूजालाई परम्परामै सीमित गरेको थियो । कन्या पूजा कृष्ण जन्माष्टमीमा गरिँदै आइएको थियो । यस वर्ष पनि भोलि अर्थात् सोमबार कन्यापूजा परेको छ ।

“कोरोना महमारीका कारण यस वर्ष कन्यालाई नपुज्ने भयौँ, कन्या पूजा कार्यक्रमलाई रोकेका छौँ”, समितिका सचिव सुरकृष्ण वैद्यले भने । उनका अनुसार पूर्णरूपमा जोखिम हटेपछि मात्रै कन्या पूजालाई पुनः निरन्तरता दिइनेछ ।

रजस्वला नभएका र बेल विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र मनले चिताएको पुग्ने मान्यता छ ।

यस मान्यताका साथ काभ्रेका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका)लाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्ने गरिन्छ ।

विशेषगरी जिल्लाको मुख्य सहर बनेपामा धुमधामका साथ कन्या पूजा आयोजना गरिँदै आइएको थियो । बनेपा नगरमा यो पूजाको इतिहास ११९ वर्ष पुरानो भएको बताइएको छ ।

बनेपामा वर्षमा दुईपटक कन्या पूजाको आयोजना गरिन्थ्यो । नेवाः कन्या पूजा नाम दिइएको एउटा टिकलवाला कन्या पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना गरिन्थ्यो । त्यहाँ वर्षेनी करिब दुई हजार ५०० हाराहारीमा कन्या पुजिन्थे । उक्त पूजालाई गत शुक्रबार पराम्परामै सीमित बनाइएको उक्त समितिले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ९ : १० बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल