बनेपाको कन्या पूजा स्थगित « Khabarhub

बनेपाको कन्या पूजा स्थगित


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- यस वर्ष पनि बनेपामा कन्यालाई नपुजिने भएको छ ।

एक सय १९ वर्षदेखि हुँदै सो पूजामा रजस्वला नभएका कन्यालाई पुज्दै आइएको थियो । कोरोना भाइरसको जोखिमका कारण यसवर्ष पनि कन्या पूजा रोकिएको सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ ।

समितिले गत वर्ष पनि कन्या पूजालाई परम्परामै सीमित गरेको थियो । कन्या पूजा कृष्ण जन्माष्टमीमा गरिँदै आइएको थियो । यस वर्ष पनि भोलि अर्थात् सोमबार कन्यापूजा परेको छ ।

“कोरोना महमारीका कारण यस वर्ष कन्यालाई नपुज्ने भयौँ, कन्या पूजा कार्यक्रमलाई रोकेका छौँ”, समितिका सचिव सुरकृष्ण वैद्यले भने । उनका अनुसार पूर्णरूपमा जोखिम हटेपछि मात्रै कन्या पूजालाई पुनः निरन्तरता दिइनेछ ।

रजस्वला नभएका र बेल विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र मनले चिताएको पुग्ने मान्यता छ ।

यस मान्यताका साथ काभ्रेका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका)लाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्ने गरिन्छ ।

विशेषगरी जिल्लाको मुख्य सहर बनेपामा धुमधामका साथ कन्या पूजा आयोजना गरिँदै आइएको थियो । बनेपा नगरमा यो पूजाको इतिहास ११९ वर्ष पुरानो भएको बताइएको छ ।

बनेपामा वर्षमा दुईपटक कन्या पूजाको आयोजना गरिन्थ्यो । नेवाः कन्या पूजा नाम दिइएको एउटा टिकलवाला कन्या पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना गरिन्थ्यो । त्यहाँ वर्षेनी करिब दुई हजार ५०० हाराहारीमा कन्या पुजिन्थे । उक्त पूजालाई गत शुक्रबार पराम्परामै सीमित बनाइएको उक्त समितिले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ९ : १० बजे

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई