बाघको छाला, खप्पर र हड्डीसहित ३ जना पक्राउ « Khabarhub

बाघको छाला, खप्पर र हड्डीसहित ३ जना पक्राउ


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा बाघको छाला, खप्पर र हड्डीसहित तीनजना पक्राउ परेका छन् । ब्यास नगरपालिका ५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका १ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका १ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

उनीहरुमध्ये अर्जुनको साथबाट २ थान बाघको छाला, बा ४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रुपैयाँ , सन्जितको साथबाट १ सय २२ वटा बाघको हड्डीहरु, ग १८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रुपैयाँ र सन्तोषको साथबाट बा ३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद ३ हजार ५ सय ८५ रुपैयाँ, १ थान लाइटर र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अंगहरु सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय, दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १ : ०२ बजे

सर्लाही-४ मा रोकिएको मतदान सुचारु

काठमाडौं– सीडीओ र प्रहरी प्रमुख त्यहीँ बसेपछि सर्लाही ४ मा

यो चुनाव जित्नेलाई जितुका चार कुरा !

काठमाडौं – कलाकार जितु नेपालले मतदान गरेपछि यो चुनावबाट सरकारमा

दुवै पूर्वराष्ट्रपतिले खसाले मत

काठमाडौं– मुलुकका दुई मात्रै पूर्वराष्ट्रपतिहरूले मतदान गरेका छन् । प्रतिनिधिसभाको

नायिकाहरूले गरे मतदान

काठमाडौं – नायिकाहरू रेखा थापा, केकी अधिकारी, नीता ढुंगाना, ऋचा

निर्वाचनको दिन पनि हेलिकप्टर फर्काएर चर्चा बटुले बालेनले

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका दिन पनि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता