बाघको छाला, खप्पर र हड्डीसहित ३ जना पक्राउ « Khabarhub

बाघको छाला, खप्पर र हड्डीसहित ३ जना पक्राउ


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा बाघको छाला, खप्पर र हड्डीसहित तीनजना पक्राउ परेका छन् । ब्यास नगरपालिका ५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका १ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका १ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

उनीहरुमध्ये अर्जुनको साथबाट २ थान बाघको छाला, बा ४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रुपैयाँ , सन्जितको साथबाट १ सय २२ वटा बाघको हड्डीहरु, ग १८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रुपैयाँ र सन्तोषको साथबाट बा ३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद ३ हजार ५ सय ८५ रुपैयाँ, १ थान लाइटर र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अंगहरु सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय, दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १ : ०२ बजे

नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु

नारायणगढ– मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि

‘अखण्डता र संविधान रक्षा सबैको साझा जिम्मेवारी’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले मुलुकको अखण्डता, सार्वभौमिकता र

एमालेमा ओलीको विकल्प छैन, अध्यक्षमा उठे ईश्वर पोखरेलको बिजोग हुन्छ : सूर्य थापा

भैरहवा– नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी– दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले

बेपत्ता पर्यटक मृत फेला

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी