१४ जना जुवाडे रंगेहात पक्राउ « Khabarhub

१४ जना जुवाडे रंगेहात पक्राउ


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा तास खेलिरहेका ७ जना जुवाडे पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ९ भगवती चोकमा डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका १ घर भएका ३७ वर्षीय तेन्जिङ टासी लामाको कोठामा तास खेलिरहेको अवस्थामा लामा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ३ सय ९० रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका १३ मैनाघाट बस्ने बल बहादुर सारुको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय डोल बहादुर सारु लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बल बहादुर सारुको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५९ हजार ८ सय ९० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १ : २० बजे

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र