माधवकुमार नेपाल संसदीय दलको नेतामा सर्वसम्मत « Khabarhub

माधवकुमार नेपाल संसदीय दलको नेतामा सर्वसम्मत


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आइतबार संसद भवनमा बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

प्रतिनिधिसभामा सो दलका २२ जना सांसद छन् ।

यस्तै राष्ट्रियसभामा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन् । उनी पनि सर्वसम्मत नेता चयन भएका हुन् । राष्ट्रियसभामा ७ जना रहेका छन् ।

एमालेमा विद्रोह गर्दै नेता नेपालको अगुवाइमा नयाँ दल बनेको थियो । निर्वाचन आयोगले गत बुधबार सो नयाँ दललाई दल दर्ताको प्रमाण पत्र दिएको थियो । दलले वैधता पाएपछि सो दलले ५ सदस्यीय स्थायी कमिटी पनि गठन गरेको छ ।

एकीकृत समाजवादी पार्टीले देउवा सरकारमा जाने यसअघि नै निर्णयसमेत गरिसकेको छ । सोमबारसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  २ : १७ बजे

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।