नेप्सेमा उच्च गिरावट, जीवन लघुबित्तको शेयर मूल्य पनि घट्यो « Khabarhub

नेप्सेमा उच्च गिरावट, जीवन लघुबित्तको शेयर मूल्य पनि घट्यो


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेको छ । गत विहीबार २६ अंकले बढेर रोकिएको कारोबारमा आइतबार साताको पहिलो दिन उच्च गिरावट आयो । आइतबार नेप्से परिसूचक ३०४४.४६ अंकमा झरेको छ ।

आइतबार कारोबार सुरु भएको केही समय बढेको नेप्से कारोबार बन्द हुँदासम्म लगातार घट्यो । आइतबार सेन्सेटिभ परिसूचक ८.५७ अंकले घटेको छ । यस्तै फ्लट ३.५४ ले घट्दा सेन्सेटिभ फ्लट पनि २. ५४ ले घटेको छ ।

आइतबार फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । तर यसअघि कारोबार सुरु भएदेखि लगातार सकरात्मक सर्किट लाग्दै आएको जीवन लघुबित्तको शेयर आइतबार घटेको छ । विहीबार ५१९८ मा कारोबार रोकिएको जीवनको शेयर मूल्य आइतबार ५०७१ मा झरेको छ ।

आइतबार १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।

बजार घट्दा पनि ५० भन्दा धेरै कम्पनीले राम्रो आम्दानी गरेका छन् । सबैभन्दा धेरै कमाउने शिर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ । यस्तै खानीखोला जलविद्युतको शेयरमा पनि सकरात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ३ : ४७ बजे

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र भए पनि अस्पताल जानेको सङ्ख्या घटेन

रूपन्देही– नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु