नेप्सेमा उच्च गिरावट, जीवन लघुबित्तको शेयर मूल्य पनि घट्यो « Khabarhub

नेप्सेमा उच्च गिरावट, जीवन लघुबित्तको शेयर मूल्य पनि घट्यो


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेको छ । गत विहीबार २६ अंकले बढेर रोकिएको कारोबारमा आइतबार साताको पहिलो दिन उच्च गिरावट आयो । आइतबार नेप्से परिसूचक ३०४४.४६ अंकमा झरेको छ ।

आइतबार कारोबार सुरु भएको केही समय बढेको नेप्से कारोबार बन्द हुँदासम्म लगातार घट्यो । आइतबार सेन्सेटिभ परिसूचक ८.५७ अंकले घटेको छ । यस्तै फ्लट ३.५४ ले घट्दा सेन्सेटिभ फ्लट पनि २. ५४ ले घटेको छ ।

आइतबार फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । तर यसअघि कारोबार सुरु भएदेखि लगातार सकरात्मक सर्किट लाग्दै आएको जीवन लघुबित्तको शेयर आइतबार घटेको छ । विहीबार ५१९८ मा कारोबार रोकिएको जीवनको शेयर मूल्य आइतबार ५०७१ मा झरेको छ ।

आइतबार १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।

बजार घट्दा पनि ५० भन्दा धेरै कम्पनीले राम्रो आम्दानी गरेका छन् । सबैभन्दा धेरै कमाउने शिर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ । यस्तै खानीखोला जलविद्युतको शेयरमा पनि सकरात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ३ : ४७ बजे

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले