साइनो नेपाल मिडिया सोसाइटीद्वारा कामना प्रतिष्ठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण « Khabarhub

साइनो नेपाल मिडिया सोसाइटीद्वारा कामना प्रतिष्ठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साइनो नेपाल मिडिया सोसाइटीले नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

आइतबार कामना प्रकाशन गृहको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच सोसाइटीका अध्यक्ष ध्रुब पौडेल, उपाध्यक्ष गगन बिष्टसहितको टोलीले प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठ र नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष पौडेलले थोरै भएपनि पत्रकारका लागि स्वास्थ्य सामग्री प्रदान गर्न पाएकोमा खुशी लागेको बताए । सोसाइटीले नेपालको पर्यटन र सञ्चार क्षेत्रसँग सम्बन्धित रहेर विश्वका विभिन्न देशहरुसँग समन्वय गरेर अघि बढिरहेको अध्यक्ष पौडेलले जानकारी दिए ।

यस्तै नेपाल समाचारपत्रका सम्पादक कापिल काफ्लेले सोसाइटीले पत्रकारहरुको आवश्यकतालाई ध्यानमा राखेर स्वास्थ्य सामग्री प्रदान गर्नु अत्यन्तै सराहनीय कार्य भएको बताए ।

प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री प्रदान गरेकोमा सोसाइटीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यका तयार रहेको सम्पादक काफ्लेले बताए । उनले मित्र राष्ट्रहरुसँग मैत्रीपूर्ण सम्बन्ध विस्तारमा सोसाइटीले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पनि यस्तो कार्य जारी राख्न आग्रह गरे ।

प्रतिष्ठान शाखाका अध्यक्ष राजु श्रेष्ठले सोसाइटीले प्राथमिकताका साथ स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै धन्यवाद व्यक्त गरेका छन् । उनले सोसाइटीसँग आगामी दिनमा पनि सहकार्य गर्न आफूहरु तयार रहेको भन्दै सहकार्य गर्न सकिने क्षेत्रबारे पनि जानकारी गराउन आग्रह गरे । कार्यक्रमको सहजीकरण सोसाइटीका महासचिव दीपक रिजालले गरेका थिए ।

कार्यक्रममा कामना प्रकाशनका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ, नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्ले, नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठसहित प्रकाशनमा कार्यरत झण्डै दुई दर्जन पत्रकार उपस्थित थिए ।

सन् २०१६ मा स्थापित सोसाइटीले नेपाल–चीन सम्बन्धका विविध कार्यक्रमका अतिरिक्त नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धित फोटो प्रदर्शनी, चिनियाँ भाषाको कक्षा सञ्चालन, विशिष्ट विदेशी पाहुना र पर्यटकलाई लुम्बिनी तीर्थाटनलगायत कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

सोसाइटीले चीनमा कोरोना सङ्क्रमणको सुरुआती दिनमा सिछुवानको प्रान्तीय सरकारलाई २० हजार मास्क सहयोगस्वरुप पठाएको थियो । सोसाइटीको अगुवाइमा काठमाडौँमा सिछुवान ‘फुड फेष्टिवल’ र चीनका लशानमा थाङ्का प्रदर्शनीमा सहयोग पुर्‍याएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ४ : ०४ बजे

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १सय ३२

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने

एजेन्सी– बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा

यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती

काठमाडौं- २००७ सालको प्रजातन्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई मंगलबार उनको

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौं– रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई