साइनो नेपाल मिडिया सोसाइटीद्वारा कामना प्रतिष्ठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण « Khabarhub

साइनो नेपाल मिडिया सोसाइटीद्वारा कामना प्रतिष्ठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साइनो नेपाल मिडिया सोसाइटीले नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

आइतबार कामना प्रकाशन गृहको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच सोसाइटीका अध्यक्ष ध्रुब पौडेल, उपाध्यक्ष गगन बिष्टसहितको टोलीले प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठ र नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष पौडेलले थोरै भएपनि पत्रकारका लागि स्वास्थ्य सामग्री प्रदान गर्न पाएकोमा खुशी लागेको बताए । सोसाइटीले नेपालको पर्यटन र सञ्चार क्षेत्रसँग सम्बन्धित रहेर विश्वका विभिन्न देशहरुसँग समन्वय गरेर अघि बढिरहेको अध्यक्ष पौडेलले जानकारी दिए ।

यस्तै नेपाल समाचारपत्रका सम्पादक कापिल काफ्लेले सोसाइटीले पत्रकारहरुको आवश्यकतालाई ध्यानमा राखेर स्वास्थ्य सामग्री प्रदान गर्नु अत्यन्तै सराहनीय कार्य भएको बताए ।

प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री प्रदान गरेकोमा सोसाइटीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यका तयार रहेको सम्पादक काफ्लेले बताए । उनले मित्र राष्ट्रहरुसँग मैत्रीपूर्ण सम्बन्ध विस्तारमा सोसाइटीले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पनि यस्तो कार्य जारी राख्न आग्रह गरे ।

प्रतिष्ठान शाखाका अध्यक्ष राजु श्रेष्ठले सोसाइटीले प्राथमिकताका साथ स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै धन्यवाद व्यक्त गरेका छन् । उनले सोसाइटीसँग आगामी दिनमा पनि सहकार्य गर्न आफूहरु तयार रहेको भन्दै सहकार्य गर्न सकिने क्षेत्रबारे पनि जानकारी गराउन आग्रह गरे । कार्यक्रमको सहजीकरण सोसाइटीका महासचिव दीपक रिजालले गरेका थिए ।

कार्यक्रममा कामना प्रकाशनका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ, नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्ले, नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठसहित प्रकाशनमा कार्यरत झण्डै दुई दर्जन पत्रकार उपस्थित थिए ।

सन् २०१६ मा स्थापित सोसाइटीले नेपाल–चीन सम्बन्धका विविध कार्यक्रमका अतिरिक्त नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धित फोटो प्रदर्शनी, चिनियाँ भाषाको कक्षा सञ्चालन, विशिष्ट विदेशी पाहुना र पर्यटकलाई लुम्बिनी तीर्थाटनलगायत कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

सोसाइटीले चीनमा कोरोना सङ्क्रमणको सुरुआती दिनमा सिछुवानको प्रान्तीय सरकारलाई २० हजार मास्क सहयोगस्वरुप पठाएको थियो । सोसाइटीको अगुवाइमा काठमाडौँमा सिछुवान ‘फुड फेष्टिवल’ र चीनका लशानमा थाङ्का प्रदर्शनीमा सहयोग पुर्‍याएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ४ : ०४ बजे

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार