स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना पक्राउ « Khabarhub

स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना पक्राउ


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्रोत नखुलेको १० लाख नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जगरनाथपुर गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ६ सय २० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ सहित २ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजार बस्ने ४५ वर्षीय बृजकिशोर गिरी र पर्सा धोबिनी गाउँपालिका-२ गुलरिया टोल बस्ने ५० वर्षीय रामपुकार पटेल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनि लुकाई ल्याएको उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारि मोटरसाइकल चालक गिरी र मोटरसाइकल सवार पटेललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ४ : ४७ बजे

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा