अफगानिस्तानबाट पूर्णरुपमा बाहिरियो बेलायत | Khabarhub Khabarhub

अफगानिस्तानबाट पूर्णरुपमा बाहिरियो बेलायत


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबलु– अमेरिकी नेतृत्वको गठबन्धन सेनामा सहभागी हुँदै २००१ मा अफगान मिसनमा अफगानिस्तान प्रवेश गरेको बेलायत आइतबार २० वर्षपछि पूर्णरुपमा फिर्ता भएको छ । शनिबार राति बेलायती सेनाको अन्तिम विमान  अफगानिस्तानको काबुल विमानस्थलबाट उड्यो । यो विमानले काबुल छाडेसँगै अफगानिस्तानबाट बेलायत पूर्णरुपमा बाहिरिएको छ ।

बेलायती रक्षामन्त्रीले आफ्नो सेनाको अन्तिम विमानले शनिबार राति काबुल छाडेको जानकारी दिएका छन् । पछिल्ला दिनहरुमा बेलायती सेना अफगानिस्तानबाट विदेशी नागरिकहरुको उद्धारमा खटिएका थिए ।

२० वर्षपछि अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले एक् भिडियो सन्देश जारी गरेका छन् । उनले अब अफगानिस्तानमा बेलायती सेना, कूटनीतिज्ञ, कर्मचारी र नागरिक कोही पनि नरहेको जानकारी दिएका छन् । उनले अफगान युद्धमा ज्यान गुमाएका ४५७ जना बेलायती सेनाका परिवारलाई सम्बोधन गर्दै उनीहरुको बलिदानी खेर नजाने बताएका छन् ।

बेलायती सेनाको बहादुरीपूर्ण लडाइँका कारण बेलायतलगायतका पश्चिमा मुलुकमा आतंकवादी आक्रमण नभएको बताएका छन् । उनले बेलायती सेनाले संसारलाई सुरक्षित बनाउन योगदान दिएको बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले ३६ लाख अफगान बालिकाहरुलाई शिक्षा दिएको भन्दै ‘भविष्यमा उनीहरुले के पाउँछन् थाहा भएन तर हामीले अमूल्य शिक्षा दिएको छौ’ भनेका छन् ।

बेलायती प्रधानमन्त्री जोन्सले तालिबानसँगको सम्बन्धबारे आफ्नो धारणा राख्दै तालिबानले महिला र बालबालिकाको अधिकारको रक्षा गर्नुपर्ने बताएका छन् । उनले तालिबानले आगामी दिनमा के गर्छ आपसी सम्बन्ध त्यसमा निर्भर हुने बताएका छन् । उनले अफगानिस्तानलाई आतंकवादीको कारखाना बन्न नदिन तालिबानले काम गर्नुपर्ने बताएका छन् ।

२००० को सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरका दुई ट्वीन्स टावरमा भएको विमान आक्रमणका मुख्य दोषी मानिएका ओसामा बिन लादेनलाई अफगानिस्तानको तत्कालीन तालिबान सरकारले शरण दिएको भन्दै अमेरिकी नेतृत्वको गठबन्धन सेनाले २००१ मा अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो । सोही समयमा बेलायत अमेरिकासँगै अफगानिस्तान प्रवेश गरेको थियो ।

यही अगस्ट ३१ मा अमेरिका पनि अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिँदै छ । अमेरिका बाहिरिनुअघि नै उसका सहयोगीहरु बाहिरिएका छन् । (एजेन्सी)

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ४ : ५५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र