रिभाइभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन हुने « Khabarhub

रिभाइभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन हुने


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रिभाइभ लिजरपार्कको स्थापनाको उपलक्षमा ‘‘प्रथम रिभाइभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’’ आयोजना हुने भएको छ । कोभिड १९ बाट प्रभावित खेललाई यस प्रतियोगिताले केही रिफ्रेस बनाउने छ ।

असोज १ देखि ५ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेट्रान्स युगल गरी ४ विधामा खुल्ला प्रतिस्पर्धा गराइने छ ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागिय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराइने छ । च्याम्पियनसिपमा ३०० बढि खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । नगद पुरस्कारका विषयमा जति सक्दो बृद्धि गरिने भएका कारण अहिले नै पुरस्कारको राशी नतोकिएको आयोजकले जनाएको छ ।

सोही क्रममा नेपालका लागि अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

आयोजकको लगनखेलस्थित आफ्नै कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपका दौरान कोभिड १९ को उच्च संक्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालाना गर्दै खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियल र अत्यावश्यक ब्यक्तिहरुलाई मात्र हलमा प्रवेशको ब्यवस्था गरिने छ ।

‘‘हाम्रो उद्देश्य भनेको केवल नाफा कमाउनु मात्र नभई नेपालीहरुलाई शारीरिक, मानसिक रुपमा स्वस्थ राख्नु तथा नेपाली खेलकुद क्षेत्रलाई उकास्न विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरु आयोजना तथा बालबालिकाहरुलाई उच्च स्तरको प्रशिक्षणको ब्यवस्था गरी नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीहरु उत्पादन गर्नु र निजी क्षेत्रबाट नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पुर्याउने उद्देश्य रहेको हो’’, अध्यक्ष शुक्र पाख्रिनले बताए ।

करिव १८ करोड लगानी रहेको रिभाइभ लिजर पार्क हेल्थ क्लबको कम्पाउण्ड भित्र ब्याडमिन्टन हल, जोडो, कराते, उसु हल, स्विमिङ्गपुल, जिम, जुम्बा हल, साउना स्टिम, मसाज थेरापी, सैलुन पार्लर लगायत बि।एण्ड बि। रुम, सेमिनार, पार्टिहल सहित रेस्टुरेण्ट समेत रहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ५ : ०७ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग