गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने « Khabarhub

गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालय आगामी १५ गते (मंगलबार)देखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने भएको छ ।

नगर शिक्षा समितिको आइतबार बसेको वैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालय शिक्षक, अभिभावक, राजनितिक दलका पदाधिकारी, वडाअध्यक्ष लगायत सम्बन्धित व्यक्तिहरुसँग आवश्यक छलफल गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्यालय स्वयंले स्वास्थ्य र सुरक्षाको भरपर्दाे र विश्वसनिय वातावरण अनिवार्य रुपमा तय गर्नुपर्ने नगरपालिकाले जनाएको छ । सो अनुरुप वातावरण तय नभएको पाइएमा नियमअनुसार कारबाही हुने चेतावनीसमेत नगरपालिकाले विद्यालयलाई दिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ९ : ३० बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ