बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी « Khabarhub

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र ठाउँ-ठाउँमा गएको बाढी-पहिरोका कारण नेपाल टेलिकम (कम्पनी) का विभिन्न स्थानका सेवाहरू अवरुद्ध हुन पुगेका छन्।

सडक सञ्जालमा आएको अवरोध, अप्टिकल फाइबरमा क्षति, विद्युत् आपूर्ति बन्द हुनुका साथै हिमपात र बादलका कारण सोलार साइटहरूको प्रभावकारिता घट्दा सेवा निरन्तरतामा कठिनाइ भएको छ।

कम्पनीका अनुसार प्राविधिक रूपमा सिस्टमबाटै समाधान गर्न सकिने मर्मतका कामहरू र सम्भव भएका स्थानहरूमा भौतिक मर्मत कार्य निरन्तर भइरहेको छ। मौसममा सुधार आउनासाथ खटिनका लागि प्राविधिक टोलीहरूलाई तयारी अवस्थामा राखिएको कम्पनीले जनाएको छ।

सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै कम्पनीले यस कठिन परिस्थितिमा देखाएको धैर्यताका लागि आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १० : २० बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ