बाढीको वितण्डा : पटक-पटक डाइभर्सन बगाउँदा यात्रुलाई सास्ती « Khabarhub

बाढीको वितण्डा : पटक-पटक डाइभर्सन बगाउँदा यात्रुलाई सास्ती



नवलपुर- बुधबारदेखिको वर्षाले पूर्वपश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्डमा रहेको डाइभर्सन बगायो ।

लगातारको वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि अबरुद्ध सडक खुलाउन बिहीबार दिनभर प्रयत्न गरियो, सम्भव भएन । शुक्रबार साँझसम्म एम्बुलेन्स पार गर्ने गरि बनाएको डाइभर्सन पनि लामो समय टिकेन ।

आइतबार बिहनदेखि एकतर्फी गाडी सञ्चालन गरिए पनि निरन्तरको वर्षाले पुनः डाइभर्सन बगाउने जोखिम उत्तिकै रहेको बुटवल(नारायणघाट सडक आयोजना प्रमुख रमेश दृष्टि बताउँछन् ।

बुटवल–नारायणघाट खण्डको ११३ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का लिएको चिनियाँ कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन’ ले दुई खण्डमा काम गर्दै आएको छ ।

सडक सतरउन्नतिका लागि ठाउँ ठाउँमा पुल निर्माण गर्न बनाएको डाइभर्सन पटक पटकको बाढीले बगाउँदा समस्या भएको हो । गत असारमा मात्रै तीन चार पटक डाइभर्सन बगाएर घण्टौंसम्म राजमार्ग अबरुद्ध भएको थियो ।

गत असार २४ गतेको बाढीले कावासोतीमा सडक नै बगाएपछि दुई दिन बाटो अबरुद्ध भएको थियो । बुधबारदेखिको बाढीले दाउन्ने पूर्व र दाउन्ने पश्चिम खण्डमा पनि उत्तिकै क्षति पुर्याएको आयोजना प्रमुख दृष्टि बताउँछन् ।

राजमार्गको मध्यभागमा पर्ने मुख्य खण्डमा भएको अबरोधले आयोजनालाई मात्र नभइ सडक विभागलाई समेत चिन्तित बनाएको छ ।

बाटोको अवस्था अध्यन गर्न आइतबार सडक विभागका उपनिर्देशक नेतृत्वको टोली नै खटिएको सडक विभागमा महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।
खासगरी सडक विस्तारका सडक भत्काइनुका साथै माटोले पुरिदा पानीले निकास नपाएर नै ठाउँ ठाउँमा सडक भत्किने गरेको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा उक्त सडक खण्ड स्तरउन्नतिका लागि शिलान्यास गरेका थिए । तर सडक विस्तारको काममा ढिलासुस्ती गरिँदा समस्या जटिल बनेको हो ।

गैँडाकोट–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर गरी दुई खण्डमा सडक स्तरोन्नति शुरु गरिएको थियो । सम्झौता अनुसार हालसम्ममा ७० प्रतिशत काम सम्पन्न भइसक्नुपर्नेमा ६ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ८ : ३९ बजे

ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, परामर्शदाता कम्पनीका दुईजना निर्देशक पक्राउ

हङकङ- हङकङको ताइ पोस्थित वाङ फुक कोर्टमा भएको भीषण आगलागीबाट

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिका क्षेत्रमा गरिएको भूमिगत विद्युतीकरणको काम हालसम्म ८०

तस्बिरमा हेर्नुहोस्, काठमाडौं र चितवनको प्रतिस्पर्धा

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज चितवन राइनोज

चितवनविरुद्ध काठमाडौंका जोन सिम्पसनको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा

एजेन्सी– वासिङ्टनमा एक अफगान नागरिकले दुई जना नेसनल गार्ड सैनिकमाथि